देवदह । रुपन्देहीको देवदहमा चौथो गौतम बुद्ध अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु भएको छ ।
देवदह कराँते डो एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा नेपाल, भारत, भूटान र श्रीलंकाका कराँते खेलाडीको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङले खेलकुदको विकासका लागि नगरले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आईरहेको बताइन् । उनले कराँते खेल आत्मरक्षाका निम्ति पनि महत्वपूर्ण रहेको र यसले मानिसको शारीरिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताइन् ।
सोही अवसरमा नेपाल कराँते महासंघ केन्द्रिय सचिव प्रेम बमजम, कार्यक्रम संयोजक तथा संस्थाका पूर्व अध्यक्ष सोभाखर पन्थ लगाएतले बोलेका थिए ।
प्रतियोगितामा नेपालबाट २५०, भारतबाट १००, श्रीलंकाबाट ५ र भुटानबाट ५ जना खेलाडीहरु प्रतिस्पर्धीको रुपमा रहेको व्यवस्थापन समितिका संयोजक सागर काफ्लेले जानकारी दिए ।
देवदह कराँते डो एकेडेमीका अध्यक्ष गामु धोज मल्लको अध्यक्षतामा भएको कार्यक्रम मिलन गुरुङको स्वगत र प्रशिक्षक माधवप्रसाद घिमिरेको सञ्चालनमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology