देवदह । नेकपा एमालेका केन्द्रिय सचिव छबिलाल विश्वकर्माले नागरिकको चाहना र भावनालाई आत्मसाथ गर्दै जनप्रतिनिधिहरु अगाडि बढ्नु पर्ने बताए ।
उनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सकेमात्र समाज र देशको विकास हुने भएकाले जनप्रतिनिधिहरु नागरिक प्रती उत्तरदायी हुनुपर्ने बताए । नेकपा एमाले देवदह नगरकमिटीको दोश्रो अधिबेशन उद्घाटन समारोहमा बोल्दै नेता विश्वकर्माले चुनावी परिणाम संगै देश गठबन्धनको आधारमा चलेकाले जनताको स्वार्थ भन्दा नेताको स्वार्थ हाबि भएको बताए ।
प्रतिनिधि सभा सदस्य समेत रहेका नेता विश्वकर्माले नेकपा एमालेको सरकारले अगाडि सारेका राष्ट्रिय गौरवका योजना गठबन्धन सरकारले हटाएको उल्लेख गरे । नेपाल कम्यूनिष्ट पार्टी (एमाले ) देवदह नगर कमिटीको दोश्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता बिश्वकर्माले देश र समाज विकासको लागि एमालेको सरकार आवश्यक रहेको जिकिर गरे । त्यसको लागि आगामी निर्वाचनमा पार्टिलाइ सरकारमा पुर्याउने गरी लाग्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशन समेत दिए ।
फरक प्रसङ्गमा उनले लुम्विनी बौद्ध विश्वविद्यालय आएसंगै यस क्षेत्रको विकासको मोडेल फेरिएको बताए । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कोशेढुङा बनेको विश्वविद्यालयलाई यस क्षेत्रले गौरवको रुपमा लिनुपर्ने समेत उल्लेख गरे । कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले सहमति र सहकार्यको माध्यमबाट पार्टीलाई चलायनमान बनाउनुपर्नेमा जोड दिए । उनले संगठन मजबुट भएमात्र विजयको शुरुवात हुने बताउदै संगठन विस्तारमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे।
पोलिटब्युरो सदस्य न्यौपानेले नीति, विधि र सिद्धान्त अनुसार संचालन गरेमात्र पार्टी सही बाटोमा हिड्ने बताए । कार्यक्रममा पार्टीका अनुसासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिव यज्ञप्रसाद गैरे लगायतले आ–आफना भनाई राखेका थिए । नगर अधिवेशन कार्यदलका संयोजक ध्रुवप्रसाद खरेलको अध्यक्षता, सहसंयोजक विद्यालक्ष्मी गुरुङ्गको स्वागत र देवदह ईन्चार्ज यम रानाको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने अधिबेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढिरहेको सो पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology