देवदह । रुपन्देहीको देवदहमा आयोजित अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता–२०८० अर्न्तगत विभिन्न खेलहरु सम्पन्न भएका छन ।
देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको व्यवस्थापनमा छनोट प्रतियोगिता भएको हो । प्रतियोगिता अर्न्तगत शनिबार छात्र तर्फको ८ सय मिटर दौडमा भविश्ष्य निर्माण मावि प्रथम, देवदह बुद्धपव्लिक स्कुल द्धितिय, सेभेनस्टार बोडिङ्ग स्कुल तृतिय भएको छ । सोही खेलको छात्रा तर्फ देवदह मावि प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्धितिय र भविश्य निर्माण मावि तृतिय भएको छ ।
छात्रा तर्फको सय मिटर दौडमा क्रमश: देवदह बुद्ध पव्लिक स्कुल, न्यू नमुना बोडिङ्ग स्कुल र केरवानी मावि प्रथम, द्धितिय र तृतिय भएका छन भने छात्र तर्फ देवदह बुद्ध पव्लिक स्कुल प्रथम, सगरमाथा आवासीय विद्यालय द्धितिय र केरवानी माविले तृतिय स्थानमा चित्त बुझाएका छन ।
त्यसैगरी छात्र तर्फ भएको लङजम्पमा महामाया भवानी मावि प्रथम, भविश्य निर्माण मावि द्धितिय र देवदह मावि तृतिय भएको छ भने उक्त प्रतियोगिताको छात्रा तर्फ सिक्टहन मावि प्रथम, न्यू लुम्विनी बोडिङ्ग द्धितिय र जनता मावि तृतिय भएको छ । यसैगरी छात्रा तर्फ भएको दुईसय मिटर दौडमा देवदह बुद्ध पव्लिक स्कुल प्रथम, न्यू नमुना बोडिङ्ग द्धितिय र न्यू लुम्विनी बोडिङ्ग तृतिय भएको छ ।
दुईसय मिटर दौड अन्तर्गत छात्र तर्फ भने कोलिय बोडिङ्ग स्कुल प्रथम, केरवानी मावि द्धितिय, सेभेनस्टार बोडिङ्ग स्कुलले तृतिय स्थान हासिल गरेको छ । यसैगरी छात्र तर्फको ५ सय मिटर दौडमा सेभेनस्टार बोडिङ्ग स्कुल प्रथम, देवदह बुद्धपव्लिक स्कुल द्धितिय, कोलिय बोडिङ्ग स्कुल तृतिय भएका छन त्यसै गरि सोही प्रतियोगिताको छात्रा तर्फ देवदह बुद्ध पव्लिक स्कुल प्रथम, देवदह बोडिङ्ग स्कुल द्धितिय, कोलिय बोडिङ्ग स्कुल तृतिय भएको छ ।
उता छात्र तर्फ भएको ट्रिपलजम्पमा देवदह मावि प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्धितिय, खडक मावि तृतिय भएको छ भने छात्रा तर्फ देवदह मावि प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्धितिय, न्यू लुम्विनी बोडिङ्ग स्कुल तृतिय स्थान हासिल गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology