Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप 

बुटवलमा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप 

images
  • बुटवलमा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप 
    images
    images

    बुटवल  । बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ। 
    बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । 

    images
    images
    images

    शनिबारदेखि बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान शुरु भएको हो। 

    images
    images
    images

    अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए। उनले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने जानकारी दिए। 

    images
    images
    images

    बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए। 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने बताए। बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरुको संख्या वृद्धि रोकिने उनले बताए। 

    पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले ३ दिनसम्म चल्ने कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरि तीनको बन्ध्याकरण गरिने बताए।

    यसपटक वडा नम्बर १५ मा शुरु भएको अभियानमा बुटवलका सबै क्षेत्रका कुकुरहरु लगेर बन्ध्याकरण गर्ने उनले बताए। हरेक वर्ष बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको संख्या वृद्धि हुन नदिन बन्ध्याकरण र रेबिज रोग फैलिन नदिन रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुकुरको बन्ध्याकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।