Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

images
  • यी प्रदेशमा आज वर्षा र हिमपातको  सम्भावना
    images

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    images
    images
    images

    अहिले बिहान पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जानकारी दिएको छ।

    images
    images
    images

    बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। यस्तै तराईका थोरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ।

    images
    images

    शुक्रबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ।

    बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

    राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहने बताएको छ।

    यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमपातको सम्भावना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।