२९ चैत्र, तिलोत्तमा । विद्यालयहरुको माग अनुसार तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट ६ वटा सामुदायिक विद्यालयले बस खरिद गरेको छ । तीमध्ये ५ विद्यालयले आज ४२ सिटे बस प्राप्त गरेका छन् ।
नगरपालिकाले बस खरिदको लागि प्रतिविद्यालय १० लाख रुपैंयाँ उपलब्ध गराएको थियो । सामुदायिक विद्यालयले भन्सार छुटसहित झण्डै २१ लाख रुपैंयाँमा बस खरिद गरेका हुन् ।
आज एक कार्यक्रम विच जनजागृति मावि, जनभावना मावि, शिवपुर मावि, पशुपति मावि र जनता माविले बस प्राप्त गरेका छन् । अनुदान प्राप्त गिर्वाण साधारण तथा संस्कृत माविले पनि छिट्टै बस खरिद गर्ने बताइएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राखेको तिलोत्तमा नगरपालिकाले यस अघि सवारीसाधन खरिदको लागि विद्यालयलाई नगद अनुदान दिँदै आएकोमा यो वर्ष मागअनुरुप नयाँ बस खरिदको लागि बजेट विनियोजन गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology