बुटवल । रुपन्देहीको देवदहमा संचालन हुने आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा कलाकारहरुको उल्लेखनीय सहभागिता रहने भएको छ । राष्ट्रिय तथा स्थानीय गरि पचाँस बढी कलाकारहरुले देवदह महोत्सवमा आफ्नो प्रस्तुती देखाउने आयोजकले जनाएको छ.।
देवदह उद्योग बाणिज्य संघको आयोजनामा माघ २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय कलाकार मात्र दुई दर्जन आउने संघका साँस्कृतीक उपसमितिका संयोजक तेजु अर्यालले जानकारी दिए । 'राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकार र स्थानीय नवप्रतिभासहित ५० बढी कलाकारको प्रस्तुति महोत्सवमा रहन्छ' उनले भने।
उनका अनुसार गायक राजु परियार, आशिष राना लाहुरे, ज्योती राना, प्रकाश दुतराज, एलिना चौहान, टंक तिमिल्सिना, अनु चौधरी, रचना रिमाल, पशुपति शर्मा, बद्रि पंगेनी, इन्द्रेणी समुह, दुर्गेश थापा, शान्ति श्री परियार, शिला आले, रमेश प्रसाई, रमेश राज भट्टराई, पुस्कल शर्मा, पुर्गेङ्ग दोङ, नृत्य बन्दना विश्वकर्मा, आरुसी मगर, नारायणी खत्री लगायतका राष्टिय कलाकारहरुको प्रस्तुती रहने छ ।
दर्शकको चाहना अनुसार महोत्सवमा यतिको संख्यामा कलाकाहरुको सहभागिता गराउन खोजिएको अर्यालको भनाइ छ.।
सांस्कृतिक कार्यक्रम अन्तरगत अन्यमा डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, आईडल, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् ।
देवदह मण्डपमा फागुन ८ गतेसम्म चल्ने महोत्सवमा कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहने मेला आयोजक मुल समितिका संयोजक हरि भण्डारीले बताए ।
महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने र १० करोडबढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक सन्तोषनारायण श्रेष्ठले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology