देवदह । रूपन्देहीको देवदह-११ स्थित आफन्त बचत तथा ऋण सहकारी संस्थाले १३औं स्थापना दिवसमा रक्तदान र स्वास्थ्य शिविर संचालन गरेको छ । आइतबार संस्थाको आयोजनामा रक्तदान तथा निशूल्क छाला रोग परिक्षण, औषधी वितरण र सुगर परिक्षण गरिएको हो ।
संस्थाको स्थापना दिवसमा सामाजिक उत्तरदायित्व सहितको कार्यक्रम गर्ने योजना अनुसार रक्तदान तथा निशूल्क छाला रोग परिक्षण, औषधी वितरण र सुगर परिक्षण गरिएको संस्थाका अध्यक्ष गणेश सापकोटाले बताए । सहकारीले प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको उनको भनाई छ ।
कार्यक्रमा ३५ जनाले रक्तादाताले रक्तदान गरेको, ९३ जनाले निशुल्क छाला रोग परीक्षण र ६५ जनाले सुगर परिक्षण सेवा लिएको सहकारीका व्यवस्थापक बिजय बहादुर क्षेत्रीले जानकारी दिए । निशुल्क छाला रोग परीक्षणसँगै करिव २२ हजार बरावरको औषधी समेत निशुल्क वितरण गरिएको उनले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा सभापति कृष्ण प्रसाद न्यौपाने लगायतको उपस्थिति थियो ।
४ हजार ६ सय शेयर सदस्य रहेको आफन्त सहकारीले २९ करोडको आर्थिक कारोबार गरिरहेको संस्थाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology