Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल हुने

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल हुने

images
  • बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल हुने
    images
    images

    बुटवल  । बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ।

    images
    images
    images

    सोमबार पत्रकार सम्मेलन गरी माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए। उनले बुटवल ११ को फिफा टेक्निकल सेन्टरको मैदान र बुटवल १३ को जबइ खेलमैदानमा प्रतियोगिता आयोजना हुने गरी तयारी भएको बताए।

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयस्तरदेखि भेट्रानसम्मका विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने र खेलमैदानहरुको संरक्षण र मर्मतको काम गरिरहेको बताए।

    images
    images
    images

    उनले आगामी दिनमा अरु धेरै विधामा खेल प्रतियोगिता आयोजना गर्ने र खेलाडी तथा प्रशिक्षक उत्पादनमा समेत विशेष जोड दिने बताए।

    प्रतियोगितामा २०६० साल माघ १९ गते भन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुने पाउनेछन्।

    प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए। उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।