Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव

देवदह महोत्सवको तयारी अन्तिम चरणमा, 'बृहत' र्यालीसहित भोलि उद्घाटन हुने  

देवदह महोत्सवको तयारी अन्तिम चरणमा, 'बृहत' र्यालीसहित भोलि उद्घाटन हुने  

images
  • देवदह महोत्सवको तयारी अन्तिम चरणमा, 'बृहत' र्यालीसहित भोलि उद्घाटन हुने  
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालन हुन लागेको आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सेतोमसीसंग कुरा गर्दै महोत्सव मूल आयोजक समिति संयोजक हरि भण्डारीले महोत्सवको प्रवेशद्वारा, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए । 

    images
    images
    images

    देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुन ८ सम्म संचालन हुने महोत्सव भोलि 'बृहत' र्यालीसहित लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्ने जनाईएको छ ।  उद्घाटन अघि खैरेनीको लोकेश्वरदेखि देवदह मण्डपसम्म विभिन्न संघसंस्थाको सहभागीतामा झाँकीसहित र्यालीको आयोजना गरिएको संयोजक भण्डारीले बताए ।

    images
    images
    images

    महोत्सवमा लुम्बिनीको मायादेवी मन्दिर आकृतिको प्रवेशद्वार, गुरुङ र मगर समुदायको कुडुले घर, सेल्फी जोन, पाँच फिटको बुद्धमुर्ति लगायतका आकर्षकहरु रहने आयोजकले जनाएको छ । 

    images
    images
    images

    अहिलेसम्म १५० वटा स्टल दर्ता भई सकेको महोत्सवमा होटल, कृषि, विद्यालयका विज्ञान प्रर्दशनी लगायत दुई सय स्टलहरु रहने, एक लाख दर्शकले अवलोकन गर्नेे र दश करोड बरावरको कारोवार हुने लक्ष्य लिईएको छ ।  

    महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् । कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहने मेला सचिवालय संयोजक विष्णु न्यौपालेले जानकारी दिए ।

    आठौँ देवदह महोत्सवमा अहिलेसम्म कै बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहने आयोजकको दावी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।