Logo

२०८३, आश्विन ११गते


images
images

देशभरि प्रभाव पर्ने गरी निर्णय गर्नुस् : सभापति देउवा

देशभरि प्रभाव पर्ने गरी निर्णय गर्नुस् : सभापति देउवा

images
  • देशभरि प्रभाव पर्ने गरी निर्णय गर्नुस् : सभापति देउवा
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौंको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन्।

    images
    images
    images

    नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बताए। ‘काठमाडौंमा कांग्रेसको सङ्गठन महत्वपूर्ण छ, यहाँको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्छ, देशभरि प्रभाव पार्ने गरी राम्रो प्रस्ताव पास गर्नुहोस्’, उनले भने।

    images
    images
    images

    सभापति देउवाले नेपाली कांग्रेस नेपाली जनताको पार्टी भएकाले सधैँ जनताका पक्षमा निर्णय गर्न निर्देशन दिए। उनले भने, ‘काठमाडौं जिल्ला कार्यसमितिमार्फत देशैभरका कांग्रेसका नेता तथा कार्यकर्तालाई यो भन्न चाहन्छु कि कांग्रेस जनताको पार्टी हो, हाम्रा सबै निर्णय र कदम जनताका पक्षमा हुनु जरुरी छ।’

    images
    images
    images

    कांग्रेस नेता प्रकाशमान सिंहले आगामी फागुन ७ गतेदेखि चल्ने नीति अधिवेशनका लागि पार्टीभित्र देखिएका अप्ठ्यारा फुकाउन आवश्यकपर्ने राय सुझाव दिन सबैलाई आग्रह गरे। उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले नै महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। कांग्रेसका नेता डा मीनेन्द्र रिजालले केन्द्र, प्रदेश र स्थानीय तहमा सत्तामा भएको पार्टी कमजोर बनेकामा चिन्ता व्यक्त गरे। उनले कांग्रेस एक्लै चुनाव लडेर अगाडि बढेमात्र बलियो पार्टी बन्नसक्ने बताए।

    कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले उच्च मनोबलका साथ पार्टीमा काम गरेर पार्टीभित्र एकताको सन्देश दिन जरुरी रहेको उल्लेख गरे। संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेलले पार्टीलाई सुझबुझपूर्ण ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिए।

    प्रदेशसभा सदस्य प्रभात तामाङले जनप्रतिनिधि र पार्टीबीच तालमेल हुन नसकेको उल्लेख गरे। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले समुदाय एकातिर, कांग्रेस अर्कातिर हुँदै गएको आभास भएको बताए। काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले गुटको व्यक्तिलाई टिकट दिँदा पार्टी कमजोर भएको बताए।

    काठमाडौं क्षेत्र नं ९ का सभापति जयकृष्ण महर्जन, कांग्रेस काठमाडौं महानगर सभापति नीलकाजी शाक्य, टोखा नगरपालिका–४ का सभापति रवीन्द्र श्रेष्ठलगायतले पार्टीलाई चलायमान बनाएर अगाडि बढ्न सुझाव दिए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।