सन्तोष सुनार प्यूठान । प्यूठानमा सपर्दशं उपचार केन्द्रले १७ विरामीको उपचार गरेको छ । भदौदेखि जिल्लाको स्वर्गारी नगरपालिका ९ लामाचौर कच्छारामा संचालित सर्पदशं उपचार केन्द्रले सर्पले डसेका प्यूठान तथा रोल्पा जिल्लाका १७ जना विरामीको उपचार गरिसकेको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर केसीले सेतोमोसीलाई जानकारी दिए ।
सर्पले टोकेका विरामीहरुको उपचारका लागी कपिलबस्तुको गोरसिङ्गे सर्पदशं उपचारबाट हेमराज पौडेल र सम्झना थापाले तालिम लिई उनीहरुले नै अहिले उपचार गर्ने गरेको तथा विरामीहरु आउदा लामाचौरबाट दुईजना सेना पनि आई उपचारमा सहयोग गरेको केसिले बताए ।
हालसम्म उपचार भएका विरामीहरुमा स्वर्गद्वारी नगरपालिकाका ८ जना, नगरपालिका प्यूठान १ जना, नौबहिनी गाउपालिका १ जना, ऐरावति गाउपालिका २ जना, मल्लरानी गाउपालिका २ जना र रोल्पाको ३ जना रहेका छन् ।
विरामी आएपछि सुरुमा अक्जोररेक्सन राख्ने र कुन सर्पले टोकेको भनी लक्षणको आधारमा उपचार गर्ने गरेको हेमराज पौडेलले बताए । सर्पले टोकेको विरामीहरुले श्वास फेर्न गाहे हुने, आखाको लोती खस्ने तथा घाटी दुखेको समस्याहरु भएमा विषालु सर्पले टोकेको भनी थाहा हुने पौडेलले बताए ।
विरामीलाई टि.टी खोप दिने र एन्टिभाइटममा दिने गरिएको छ । विरामीहरु उपचार गर्दा हरियो सर्पहरुले टोकेको विरामीहरुको उपचार गरिएको सम्झना थापाले बताइन ।
जिल्ला एक मात्र सर्पदशंक उपचार रहेकाले यसलाई सबै स्थानीय तहले व्यवस्थित र सुदृढ बनाउन सहयोग गर्नुपर्ने स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए । यदि कसैलाई सर्प टोकेपछि डराउने तथा नआत्तिने र उपचार हुन्छ भनी मनमा साहस लिन विरामीलाई नगरप्रमुख भण्डारीले आग्रह गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology