Logo

२०८३, श्रावण ३०गते


images
images

जसपाले पार्टी ह्विप नमान्ने तीन सांसदलाई कार्वाही गरिएको पत्र लुम्बिनी प्रदेशसभामा बुझायो 

जसपाले पार्टी ह्विप नमान्ने तीन सांसदलाई कार्वाही गरिएको पत्र लुम्बिनी प्रदेशसभामा बुझायो 

images
  • जसपाले पार्टी ह्विप नमान्ने तीन सांसदलाई कार्वाही गरिएको पत्र लुम्बिनी प्रदेशसभामा बुझायो 
    images
    images

    बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशसभाका ३ जना सांसदलाई निश्कासन गरेको जानकारी प्रदेशसभा सचिवालयमा पठाएको छ । 

    images
    images
    images

    सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको पत्र प्रदेशसभामा आएको प्रदेशसभामा पठाईएको पार्टीका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले बताए । 

    images
    images
    images

    पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपाले बताएको छ । 

    images
    images
    images

    जसपाले यस अघि पनि निर्णय विपरीत सरकारमा सहभागि भएको भन्दै सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय र सुमन शर्मा रायमाझियालाई निश्कासन गरेको थियो । जसपाको विवाद हुँदा बाबुराम उपेन्द्र पक्षले कारवाही गरेको थियो भने महन्त पक्षले कारवाहीको विरोध गरेको थियो । 

    पछि उनीहरुलाई सर्वोच्च अदालतले पुर्नवहाली गरेको थियो । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिवद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।