Logo

२०८३, भाद्र ५गते


images
images

पोखरा विश्वविद्यालयका संस्थापक उपकुलपति बराल बने त्रिविको उपकुलपति

पोखरा विश्वविद्यालयका संस्थापक उपकुलपति बराल बने त्रिविको उपकुलपति

images
  • पोखरा विश्वविद्यालयका संस्थापक उपकुलपति बराल बने त्रिविको उपकुलपति
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा केशरजङ्ग बराल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् ।

    images
    images
    images

    विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिविको रिक्त उपकुलपतिमा बराललाई नियुक्त गरेका हुन् ।

    images
    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

    images
    images
    images

    उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

    शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

    प्रा डा बरालले पोखरा विश्वविद्यालयको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै उनले व्यवस्थापन विशेष समितिको सदस्य भएर काम गरे ।

    २०६४ मा सरकारले उनलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको थियो । २०६८ मा उपकुलपतिको कार्यकाल सकिएपछि उनी फेरि त्रिभुवन विश्वविद्यालयमै फर्किएका थिए ।

    बरालले २०४१ मा पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा पनि प्राध्यापन गराएका थिए । क्याम्पसमा उनले वित्तशास्त्रको विभागीय प्रमुख भएर काम गरे ।

    साथै उनले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गरे । त्यही बेला उनी व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्यसमेत भए ।

    पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गरेका थिए । पिएनसीमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा विश्वविद्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।