Logo

२०८३, भाद्र ५गते


images
images

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसी नियुक्त

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसी नियुक्त

images
  • पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसी नियुक्त
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    उपकुलपतिका लागि १५ जनाले आवेदन दिएकामा आवेदन स्वीकृत हुँदा उनी पहिलो नम्बरमा सिफारिस भएका थिए ।

    images
    images
    images

    केसी पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र अल्पाइन म्यानेजमेन्ट कलेजका सञ्चालक र पोखरा विश्वविद्यालयबाटै सम्बन्धनप्राप्त कलेज अल्पाइन म्यानेजमेन्ट कलेजका एकेडेमिक एडभाइजर हुन् ।

    images
    images
    images

    साथै उनी नेकपा एमाले निकटको प्राध्यापक संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्षसमेत हुन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ कात्तिक २४ गते पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ जारी गरेको थियो । उक्त कार्यविधि अनुसार नै समितिले आवेदन आह्वान गरेको थियो ।

    यता नेपाल संस्कृत विश्वविद्यालयको उपकुललपतिमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन् । यस विश्वविद्यालयका लागि १३ जनाको नाम स्वीकृत भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा विश्वविद्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।