Logo

२०८३, आश्विन ११गते


images
images

पोखरामा अब ५ तला भन्दा माथि घर बनाउन नपाइने

पोखरामा अब ५ तला भन्दा माथि घर बनाउन नपाइने

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा अब ५ तला भन्दा माथि घर बनाउन नपाइने
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाले भवन तथा पूर्वधार निर्माण मापदण्ड २०८० सार्वजनिक गरेको छ । सो मापदण्डमा भवन, बाटोसँगै ताल, पोखरी,नदी, खोला, डिल, भिरको दुरी कायम गरिएको छ ।

    images
    images
    images

    पोखरामा रहेको फेवा, बेगनास, रुपातालसँगै फिर्के खोलाको मापदण्ड तोकिएको छ । चर्चामा रहेको फिर्के खोलाको मापदण्ड ६ मिटर तोकिएको छ । यदि यो मापदण्ड कार्यान्वयन गर्ने हो भने १ सय ६० भन्दा बढी संरचना भत्काउनुपर्ने हुन्छ । अहिले फिर्के खोलाको दाया बायाँ ६-६ मिटर मापदण्ड लागु हुने पोखरा महानगर नक्सा शाखा प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।

    images
    images
    images

    उनका अनुसार अहिले गाडिएको खोलाको दुवै छेउको पोलबाट ६-६ मिटर दुरी कायम हुनेछ । उच्चको अन्तरिम आदेश भए पनि ढिलोचाँडो ६ मिटरको मापदण्ड लागु हुने उनको भनाइ थियो ।

    images
    images
    images

    यस्तै, सेती नदी, मर्दी, काली, हर्पन, पुँडी र सुरौदी खोलाको ३० मिटर, याम्दी र सुई खेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलको १० मिटर, बगादी खोला, वेगनासताल खोला र तालखोलाको ७ मिटर, बुलौदी खोला र पोखरा भित्रका बाँकी खोल्साको मापदण्ड ६ मिटर निर्धारण गरिएको इन्जिजियर पौडेलले बताए ।

    सोही मापदण्डमा ताल तथा पोखरी वरपरको पनि दुरी कायम गरिएको छ । उनका अनुसार फेवातालमा सर्र्वोच्च अदालतको फैसला अनुसार ६५ मिटर तोकिएको छ । वेगनास र रुपातालमा चारैतिरको सिमानामा १ सय मिटर जग्गाको सतहको बनोट बमोजिम नापिने इन्जिनियर पौडेलेले जानकारी दिए । दिपाङ, मैदी, खास्टे, गुँदे, खास्टे, न्यूरेनी तालमा ५० मिटर, कास्कीकोटको ठूलीपोखरी, बुडुवाफाँटको कमलपोखरी र प्रस्याङको खुडेपोखरीमा ६ मिटरको मापदण्ड तोकिएको उनले बताए ।

    भवन तथा पूर्वाधार निर्माण मापदण्ड,२०८० मा पूर्वाधार अन्तर्गत सडक पनि समेटिएको छ । पोखराभित्र राजमार्ग २५, मुल मार्ग १५, शाखा मार्ग ७.५, प्रशाखा ६, पहँच मार्ग ५, स्थानीय मार्ग ४.५ मिटर फराकिलो हुने उनले जानकारी दिए । यस्तै पोखरामा महानगरले बनाउने चक्रपथ १५ मिटर फराकिलो हुने उनले बताए ।

     

    महानगरले विशेष सहरी माग भनेर अर्र्को क्याटागोरी छुट्याएको छ । जसमा विशेष सहरीमार्ग ‘क’ १५, ‘ख’ १२ र ‘ग’ वर्गको बाटो ८ मिटरको बन्नेछ । ग्रामीण गोरेटो, घोरेटो २.५ मिटर फराकिलो हुने उनले सुनाए ।                                                                             पुरानो सहरी क्षेत्र, आवासीय, मिश्रित व्यापारिक तथा आवासीय, पर्यटन, औधोगिक, संस्थागत, खेलकुद, संरक्षण, सहरी बिस्तार, विमानस्थल क्षेत्रमा फरक फरक मापदण्ड लागु हुने उनले बताए ।

    पोखरा महानगरपालिकाभित्र अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्याएको हो । यसअघि फेवा किनार क्षेत्रमा साढे २ तला र अन्य क्षेत्रमा साढे ३ तलासम्मको घर बनाउन पाइने नियम थियो ।

    तर उक्त नियम महानगरले समेत कार्यान्वयन गरेको छैन । २०३१ सालमा तत्कालीन अञ्चलाधीस शंकरराज पाठकले पोखराको भूगोल कमजोर रहेको र सबै ठाउँबाट हिमाल देखिनुपर्ने मान्यताका साथ मापदण्ड कायम गरेका थिए ।उनले भने, ‘त्योभन्दा माथिको बनाउन प्राविधिकको अध्ययनपछि निर्धारण गर्न सकिन्छ ।’

    युरोपियन युनियन, स्विच एसिया, नेपालमा ऊर्जा दक्षता निर्माण (बिन) सहयोगमा तयार पारिएको मापदण्डको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र यूरोपियन यूनियनका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले विभिन्न ८ परिच्छेदमा मापदण्ड तयार पारिएको बताए ।जसमा भवन निर्माणसम्बन्धी मापदण्ड, वडागत सडक मापदण्ड, भवन ऊर्जा, प्रभावकारिता, पेट्रोल पम्प निर्माण तथा विमानस्थल मापदण्ड र नक्सा तयार गर्दा पालना गर्नुपर्ने नियमका बारेमा उल्लेख गरिएको छ । प्रदेशभित्र ऊर्जा प्रभावकारी भवन निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

    उनले भने, ‘हामीले पोखरा महानगरमा अलरेडी बनेका संरचनाका विषयमा अभिलेखीकरण गर्ने कार्यविधि पास गरेका छौं । भने अब बन्ने नयाँको हकमा यो मापदण्ड लागु हुन्छ ।’ यही मापदण्डमा टेकेर बन्ने नयाँ भवन, संरचनामा हरियो रङ लगाउने उनले बताए । पोखरामा हरियो रङ पोत्ने अघिल्लै योजना भए पनि अहिले बल्ल कार्यान्वयन गर्न लागिएको बताए ।

    उनले भने, ‘यो प्रचलन पुरानै हो । पुतलीबजार ओरेन्ज सिटी, वालिङ पिंक सिटी छ । अब पोखरा पनि हरित सहरको रुपमा ग्रिन सिटी बन्नेछ ।’ महानगरले ४८ घन्टाभित्र विस्तृत मापदण्ड पुस्तक सार्वजनिक गर्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।