Logo

२०८३, श्रावण ३०गते


images
images

पुराना गाडीको विस्थापन र चालकलाई अभिमुखिकरण तालीम दिन नेविसंघको माग 

पुराना गाडीको विस्थापन र चालकलाई अभिमुखिकरण तालीम दिन नेविसंघको माग 

images
  • पुराना गाडीको विस्थापन र चालकलाई अभिमुखिकरण तालीम दिन नेविसंघको माग 
    images
    images

    गुल्मी । नेपाली विद्यार्थी संघ गुल्मीले  सवारी दुर्घटना कम गर्न पुराना गाडिको विस्थापन र चालकलाई अभिमुखिकरण तालिम उपलब्ध गराउन अनुरोध गरेको छ  । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले उक्त अनुरोध गरेको हो । 

    images
    images
    images

    जिल्ला भित्र भइरहेका सवारी दुर्घटना तथा कोभिड खोपमा समेत भइरहेको अनियमिततामा संगठनको ध्यानाकर्षण भएको उल्लेख गर्दै नेविसंघले बुधबार भएको सवारी दुर्घटनामा ३ जनाले अकालमा ज्यान गुमाउनु परेकोमा दु:ख व्यक्त गरेको छ । 

    images
    images
    images

    संगठनका कार्यवाहक जिल्ला सभापति राम्जी पन्थीद्वारा हस्ताक्षरित पत्रमा केही दिनअघि मात्र रेसुङ्गा नगरपालिकाको अर्खलेमा चालकको लापरवाहीका कारण २८ वर्षीय सुजन पाण्ठेले अल्पायुमै ज्यान गुमाउनु परेको तथा २०७८ वैशाख १ गते जिल्ला प्रशासन कर्मचारीहरू प्यूठानको स्वर्गद्धारी जाने क्रममा सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएको सन्दर्भ समेत  जोड्दै पछिल्लो एक वर्षमा ३७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको बारे गम्भीर हुन प्रशासनलाई अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेविसंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।