Logo

२०८३, आश्विन ११गते


images
images

भवन तथा पूर्वाधार मापदण्ड

पोखरामा ५ तला माथिका घरमा लिफ्ट अनिवार्य

पोखरामा ५ तला माथिका घरमा लिफ्ट अनिवार्य

images
  • पोखरामा ५ तला माथिका घरमा लिफ्ट अनिवार्य
    images
    images

    पोखरा । पोखरा महानगरपालिमा बन्ने ५ तला माथिका घरहरूमा लिफ्ट अनिवार्य राख्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको भवन तथा पूर्वाधार मापदण्डमा यस्तो व्यवस्था अनिवार्य गरिएको हो । ‘१७ मिटर भन्दा बढी उचाइ या पाँच तला भन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ । लिफ्ट सम्बन्धी अन्य व्यवस्था राष्ट्रिय भवन संहिता अनुसार हुने मापदण्डमा उल्लेख छ ।

    images
    images
    images

    ५ तलाभन्दा अग्ला संरचना बनाउँदा माटो परीक्षण सहित संरचनात्मक योजनाको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि लेकसाइड क्षेत्रमा साढे २ तला र त्यस बाहिरका क्षेत्रमा साढे ३ तलाको घर बनाउन पाउने व्यवस्था थियो । अहिले सबैतिर ५ तलासम्मको घर बनाउन पाउने उल्लेख छ ।

    images
    images
    images

    जमिनको अनुपात हेरेर त्यसमाथिको संरचना पनि बनाउन पाइन्छ । तर त्यसका लागि बढी झन्झट छ । यस्ता संरचनाहरूको योजना, ढाँचा र नक्सा महानगरमा कार्यरत प्राविधिक तथा कर्मचारीले बनाउन नपाउने गरी कडाइ गरिएको छ ।  
     
    महानगरले २०३१ को भौतिक विकास योजना, २०५५ सालको एकीकृत कार्यमूलक योजना, सन् २००० को ल्याण्ड युज कन्सेप्ट प्लान, २०६९ को पोखरा उपत्यकाको निर्माण मापदण्ड लगाएका आधारमा अहिलेको मापदण्ड बनाइएको महानगरले जनाएको छ । सन् १९९८ मा पोखरा महानगरपालिकाको भौगर्भिक अध्ययन गरिएको थियो । सो अध्ययनलाई समेत मापदण्डमा समेटिएको  छ । भवनको वरपर ४ फिटभन्दा अग्लो पर्खाल लगाउँदा पनि संरचनात्मक योजना अनिवार्य पेस गर्नुपर्नेछ । मापदण्डले जग्गाको क्षेत्रफल अनुसार भवन उचाइ कायम गर्न पाउने अवसर दिएको छ ।

    images
    images
    images

    महानगरका केही ठाउँ तोकेर त्यहाँ बन्ने घरहरूमा अनिवार्य अण्डरग्राउण्ड बनाउनुपर्ने व्यवस्था गरिएको छ । कोत्रेदेखि पृथ्वीचोक हुँदै हल्लनचोकसम्म सडकसँग जोडिएर बन्ने घरमा भूमिगत पार्किङ अनिवार्य गरिएको हो । पृथ्वीचोकदेखि मुस्ताङचोक विरौटा हुँदै छोरेपाटन जाने सडक, पृथ्वीचोकदेखि नयाँबजार महेन्द्रपुल हुँदै लामाचौर, बाटुलेचौर सडक, न्यूरोड क्षेत्र, चिप्लेढुंगादेखि महेन्द्रपुलसम्मको क्षेत्रमा पनि भूमिगत पार्किङ अनिवार्य छ ।

    यसअघि नै बनिसकेका भवनहरू भने अभिलेखीकरण गर्ने महानगरको योजना छ । नगरसभाबाट भवन अभिलेखीकरण मापदण्ड पनि पारित भएको छ । नयाँ मापदण्डमा घरसँगै ताल र खोलाहरूको पनि मापदण्ड तोकिएको छ । फेवातालको मापदण्ड ६५ मिटर छ भने बेगनास र रुपा तालको १ सय मिटर कायम गरिएको छ । सडकहरूको पनि छुट्टै मापदण्ड छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • # लिफ्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।