Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा मनाइयो ४२औं मगर एकता दिवस

देवदहमा मनाइयो ४२औं मगर एकता दिवस

images
  • देवदहमा मनाइयो ४२औं मगर एकता दिवस
    images
    images

    देवदह । देवदहमा ४२औं मगर एकता दिवस मनाईएको छ । खैरेनीस्थित पानबारी खेलमैदानमा एक कार्यक्रमबीच नेपाल मगर संघ देवदह नगर समितिले एकता दिवस मनाएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीले भाषा, संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने दायित्व राज्यको भएको बताएकी छन् । भाषा, संस्कार, संस्कृति नयाँ  पिढीलाई सिकाउन आवश्यक रहेको औल्याउदै प्रदेश सांसद चौधरीले राजनीतिक पहुँच विना अधिकार प्राप्त गर्न नसकिने बताइन् ।  

    images
    images
    images

    सांसद चौधरीले नेपालको हरेक मन्त्रालयमा राजनीतिक पहुच भएमात्र बजेट विनियोजना हुने बताउदै सरकारले समानुपातिक ढंगले विकास गर्नुपर्नेमा जोड दिइन्  । देशको आर्थिक अवस्था सुधारको लागि भ्रष्टचार न्यूनिकरण गर्न आवश्यक रहेको बताउदै उनले विदेश पलायन हुने युवाहरुलाई रोक्नको लागि सरकारले स्वरोगारका योजना ल्याउनु पर्ने माग गरिन् । 

    images
    images
    images

    नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, संघका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुन, नगर प्रवक्ता गणेश डुम्रे, तमु भाषा अभियन्ता भिमप्रसाद गुरुङ्ग, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, नेपाली काग्रेसका सभापति गुनाखर भुर्तेल लगायतले बोलेका थिए । 

    कार्यक्रममा २ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मगर एकता दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।