काठमाडौं । पुर्वयुबराज पारस शाहको समर्थनमा उनका समर्थकहरुले आन्दोलन गरेका छन् । ‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ लगायत विभिन्न नाराहरु लगाउँदै उनीहरुले सडक जाम गरेका हुन् । समर्थकले टायर बालेर विरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ ।
आज शनिबार तीनै समर्थक युवाहरुले प्रहरीले पूर्वयुवराज जस्तो व्यक्तिलाई पक्राउ गरेको भन्दै काठमाडौंको महाराजगञ्जमा नाराबाजी गरेका छन् । पारसमाथि प्रहरीले ज्यादती गरेको भन्दै समर्थकहरुले सडकमा टायरसमेत बालेका छन् ।
स्मरण रहोस्, शुक्रबार राती हेलमेटबिना मोटरसाइकल चलाईरहेका पारस शाहलाई ट्राफिक प्रहरीले रोकी हेलमेट लगाउन अनुरोध गर्दा प्रहरी र पारस शाहविच भनाभन भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology