काठमाडौं। पूर्वयुवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे । जिब्रो लरबरिएको श्वरमा उनले प्रहरीलाई तँ भनेका थिए ।
प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दा उल्टै जान्न जान्न भन्दै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए । यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ ट्वीट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छन् ।
उनले प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन् । उनले लेखेकी छन्, - ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology