Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह नगरपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

देवदह नगरपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • देवदह नगरपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
    images
    images

    देवदह ।  देवदह नगरपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।  सोमबार देवदह-७ स्थित मदन आश्रित सभाहलमा भएको सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले नगरपालिकामा देखिएका समस्याको उठान गरेका छन् । 

    images
    images
    images

    सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न राख्दै सेवाग्राहीले नगरपालिकाको सुशासन र समृद्धिको लागि आवाज उठाएका छन् । देवदह नगरपालिकाको सेनेटरी प्याड प्रकरणबारे निष्पक्ष छानविन गर्न अनुरोध गर्दै सेवाग्रहिले भ्रष्टाचार नै समस्या जड भएको बताए । 

    images
    images
    images

    वडा नं ११ मा स्वास्थ्य चौकी निर्माण, सडक निर्माण लगायतको समस्या राख्दै ज्ञान बहादुर न्यौपानेले नगरपालिकाले समग्र विकासबारे सोच्नु पर्ने बताए । नगर अस्पताल निर्माण र ठेकेदार कम्पनिले समयमै काम नगरेको बारे देवदह ७ का सिपि बस्यालले प्रश्न गर्दै काम नहुदै भुक्तानी दिने कार्य रोकिनु पर्ने बताए । 

    images
    images
    images

    देवदह २ का विष्णु प्रसाद अर्यालले जनता निराश भएको उल्लेख गर्दै नगरपालिकामा भएका अनियमितता बाहिर ल्याउनुपर्नेमा जोड दिए ।  देवदह ११ का अजय कुमार गुप्ताले नगरपालिका कर्मचारी र जनप्रतिनिधिको भ्रमणबारे प्रश्न उठाउँदै पहिले देवदह घुम्न आग्रह गरे । 

    देवदह ८ का प्रमोद खनालले उपभोक्ताबाट कार्य सम्पादन भएपछी भुक्तानीमा दुख दिईएको उल्लेख गर्दै शिक्षक सरुवामा भ्रष्टाचार हुने गरेकोबारे जवाफ मागे । 

    वडा नं ४ का विरेन्द्र पाण्डेले कृषि प्राविधिकको लापरवाहीले आफुले दु:ख पाएको बताए ।  उनले प्रदर्शनी लगाउदा कर किन नउठाएको भन्दै प्रश्न गरे । 

    देवदह १० का जमुना पाण्डेले सिता माविको वस खरिदको रकमबारे प्रश्न उठाईन । कार्यक्रममा प्रश्न राख्दै तिलक बहादुर खत्री, कृष्ण पौडेल, प्रेम थापा मगर, यम राना, डिल्लीराज मरासिनी, प्रकाश अधिकारी, लालबहादुर ठकुरी, केशवराज राना, छवि भट्टराई, पर्शुराम न्यौपाने, माधव रिमाल, दुरामान गुरुङ, शुशिला भट्टराई, असिम श्रेष्ठ, विष्णु ज्ञवाली लगायतले नगरपालिकाको सेवा प्रवाह र योजनाबारे प्रश्न सहित आफ्नो धारणा राखे । 

     प्रश्नकर्ताको प्रश्नको जवाफ दिंदै नगर परमुख ध्रुवप्रसाद खरेल, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, वडा नं १० का वडा अध्यक्ष यकबहादुर सुनार लगायतले सुशासन र समृद्धिको लागि आफु र आफ्नो टिमले काम गरिरहेको बताए । 
     
    नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सेतोमसी डिजिटल पत्रिकाले गरेको थियो । पत्रकार पवन पौडेलले मुख्य सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।