Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत

images
  • सेतोमसी सहकर्मी
  • प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत
    images
    images

    काठमाडौँ । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनामा तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको पाँच दलीय गठबन्धनको बलमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको बुधबार‍‍‍‍‍‍‍‍‍ उपस्थित २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिए । ११० जनाले विपक्षमा मत दिए । मत दिन्नँ भन्ने एक जना थिए ।

    images
    images
    images

    कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालको विपक्षमा उभिए ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै विश्वासको मत दिएपछि पूर्ण रुपमा विश्वास गर्न आग्रह गरेका थिए ।

    २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले पहिलोपटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए ।

    त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेसलेसमेत दाहाललाई विश्वासको मत दिएको थियो । विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले दाहालको पक्षमा मतदान गरेका थिए । उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै विपक्षमा मत राखेका थिए ।

    राष्ट्रपति निर्वाचनसँगै दाहालले २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गरेका थिए । परिणामस्वरुप कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलको शीतल निवास यात्रा सुरु भएको थियो ।

    एमालेसँगको गठबन्धन तोडिएपछि दाहालले दोस्रोपटक २०७९ चैत ६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायत उभिएका थिए ।

    दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालको पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेका थिए । दाहालको विपक्षमा ८९ सांसदले राखे भने नेमकिपा ‘मत दिन्न’ भन्ने पक्षमा उभिएको थियो ।

    गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन भत्केपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिएका हुन् ।कांग्रेसले समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार दाहालले विश्वासको मत लिएका हुन् । संविधानको धारा १००(२) मा समर्थन गर्ने दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।