Logo

२०८३, आश्विन १०गते


images
images

हेटौँडाको सडक विस्तारका विषयमा सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

हेटौँडाको सडक विस्तारका विषयमा सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

images
  • सेतोमसी सहकर्मी
  • हेटौँडाको सडक विस्तारका विषयमा सरकार गम्भीर : प्रधानमन्त्री दाहाल
    images
    images

    हेटौँडा । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडाको सडक विस्तारको सवालमा सरकार गम्भीर भएको बताएका छन् ।

    images
    images
    images

    शुक्रवार हेटौँडा-ढल्केवर-इनरुवा ४०० केभी सवस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सुन्दर नगरी हेटौँडाको सडक विस्तारको जटिलताबारे आफू जानकार रहेको भन्दै सडक विस्तारको लागि भएको जटिलतालाई अन्त्य गर्न सरकार गम्भीरताको साथमा लागिपरेको बताए ।

    images
    images
    images

    बागमती प्रदेशको राजधानी समेत रहेको सुन्दर नगरी हेटौँडामा २५ मिटर सडक विस्तारको विषयबारे यहाँका जनप्रतिनिधिबाट आफूलाई पटक-पटक जानकारी गरिएको बताउँदै उनले समस्या समाधानको क्षेत्रमा आफूहरू लागिपरेको बताए ।

    images
    images
    images

    सडक विस्तारको सवालमा के-कस्ता विकल्पहरू हुन सक्नेछन् भन्ने विषयमा आफू यहाँका जनप्रतिनिधीहरुसँग नियमित छलफलमा रहेको समेत उनले बताए ।

    उनले भने, ‘हेटौंडाको सडक विस्तारको विषयमा यहाँको जनप्रतिनिधि महेश बर्तौला जीसँग मैले सिहदरबारमा पटक-पटक भेटेर छलफल गरेको छु , समस्या लाई समाधान गर्न विकल्प के हुनसक्छ भन्नेमा सरकार गम्भीरतापूर्वक लागिपरेको छ ।’

    मकवानपुरको अर्को ठूलो समस्याको रूपमा रहेको मध्यवर्ती बनको समस्यालाई समाधान गर्नको लागि परिमार्जन सहितको वन ऐन ल्याउन सरकार तयार रहेको र नयाँ कानुनले ती समस्या समाधान गर्ने उनको भनाइ रहेको छ ।

    कार्यक्रममा बोल्दै उनले नेपालको विकासमा ठूलो टेवा दिने अपर तामाकोसी लगायतका ठूलो जलविद्युत आयोजना निर्माणमा सरकार लागिपरेको, कतिपय योजनाहरूको वित्तीय व्यवस्थापन गरेर निर्माण कार्य सुरु गरिएको उनले बताए ।

    भारत भ्रमणको क्रममा केहिदिन अघि भारत र बङ्गलादेशको प्रधानमन्त्रीसँग विद्युत कारोबारको विषयमा पनि सकारात्मक छलफल भएको भन्दै छिट्टै विद्युत कारोबारको सम्झौता भएर निर्यात हुने कामको थालनी हुने प्रधानमन्त्री दाहालले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।