Logo

२०८३, आश्विन ११गते


images
images

पोखरामा आजदेखि यी व्यवसायहरू रातभर खुल्ने

पोखरामा आजदेखि यी व्यवसायहरू रातभर खुल्ने

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा आजदेखि यी व्यवसायहरू रातभर खुल्ने
    images
    images

    राजेश पराजुली,  पोखरा । पोखरामा आज साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने भएका छन् ।

    images
    images
    images

    आईतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनले आजै साँझदेखि लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको १ बजेसम्म निर्बाध रूपमा सञ्चालन हुने बताए ।

    images
    images
    images

    उनले राउन्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाए । उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे ।

    उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत् ध्यान केन्द्रको रूपमा एउटा ध्यान केन्द्र निर्माण गर्ने घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गरिने समेत घोषणामा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।