Logo

२०८३, श्रावण ३०गते


images
images

पत्रकार महासंद्धारा आगामि कार्यदिशा केन्द्रीत छलफल, पत्रकार आचार संहिता कार्यान्वयन गर्न सुझाव

पत्रकार महासंद्धारा आगामि कार्यदिशा केन्द्रीत छलफल, पत्रकार आचार संहिता कार्यान्वयन गर्न सुझाव

images
  • पत्रकार महासंद्धारा आगामि कार्यदिशा केन्द्रीत छलफल, पत्रकार आचार संहिता कार्यान्वयन गर्न सुझाव
    images
    images

    बुटवल । पत्रकार आचार संहिता कडाईका साथ कार्यान्वन गर्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउनुपर्ने एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितता गर्दै पत्रकारलाई आचारसंहितामा कस्न जरुरी रहेकोमा उनीहरूको जोड छ ।

    images
    images
    images

    नेपाल पत्रकार महासंघ, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगामी कार्यदिशा केनि्द्रत छलफल कार्यक्रममा बोल्दै पत्रकारहरुले आचार संहिता कार्यान्वन गर्दै पत्रकार पे्रेसप्रति भइरहेको दुरूपयोग रोक्नुपर्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकार महासंघले रुपन्देहीको पत्रकारिताको इतिहास खोतलेर अनुसन्धान गर्नुपर्ने बताए । उनले पत्रकार महासंघको गरिमा उचो बनाउने गरि काम गर्ने सवालमा सदैव साथमा रहने बताए ।

    images
    images
    images

    महासंघका पूर्व अध्यक्ष विनोद पहाडीले पत्रकारहरुको क्षमता अभिवृदि्ध र पेशागत सुरक्षामा पत्रकार महासंघ केनि्द्रत हुनुपर्ने बताए । उनले महासंघले बहुआगामिक योजनाका साथ बहुउद्देश्यीय भवन सहित रिसर्च भवन बनाउन पहल गर्नुपर्ने बताए ।

    त्यस्तै पूर्व अध्यक्ष हरि लम्सालले पत्रकारिता पेशालाई सम्मानित बनाउन आचार संहित कार्यान्वन गर्न महासंघले पहल कदमी लिनुपर्ने बताए । उनले पत्रकारिता पेशाको गरिमा र मर्यादा कायम राख्ने गरि काम गर्न समेत सुझाव दिए ।   

    त्यस्तै पूर्व अध्यक्ष मोहन चापागाईले पत्रकारिता पेशागत हकहित, क्षमता अभिवृदि्ध गर्दै पत्रकारका लागि चाहिने साधान स्रोत खरिदको लागि सहुलितको लागि महासंघले भूमिका खेल्नुपर्ने बताए । चापागाईले सरकारी साधनस्रोतको उपयोग गरेर सरकारी बजेट मिडियामा ल्याउनुपर्ने बताए । महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष एंव मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले सामाजिक सञ्जाललाई नै पत्रकार अमर्यादित बनाएको भन्दै त्यसको आचार संहिता पालना गर्नुपर्ने बताए ।

    उनले पत्रकार आफ्नो मर्यादा बाहिर जान नहुने बताए । त्यस्तै महासंघका निर्वतमान अध्यक्ष तथा सल्लाहकार यानेन्द्र जिसीले पत्रकारिता पेशाको सुरक्षाको लागि क्षमता अभिवृदि्धमा ध्यान दिन जरुरी रहेको बताए ।

    महासंघका सल्लाहकार दिनेश पाण्डेले पत्रकारको सुदि्धकरण जुरुरी रहेको बताए । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकार आचार संहिता पालना गराउन नियमित प्रशिक्षण आवश्यक रहेको बताए । त्यस्तै महासंघका निवर्तमान सल्लाहकार नारायण सापकोटाले पत्रकार महासंघमा वितरण हुने पारदर्शी बन्नुपर्ने बताए ।

    निर्वतमान सल्लाहकार माधव नेपालले रुपन्देहीमा काम गर्ने पत्रकारको ठूलो अभाव रहेको भन्दै वास्तविक पत्रकारको संस्था महासंघ बन्नुनर्पे बताए । त्यस्तै महासंघका निर्वतमान सल्लाहकार खिमानन्द भट्टराईले पत्रकारको सुदि्धकरण संगठनबाट गर्न आवश्यक रहेको बताए । उनले मिडिया हाउन सर महासंघको सयुक्त पहलमा क्षमता अभिवृदि्धका तालिम चलाउनुपर्ने बताए । पत्रकार निर्वतमान सल्लाहकार चेतन पन्तले अन्तर्राषि्ट्रय मिडियासँग प्रतिष्पर्धाका लागि पत्रकारहरुको परिवर्तन हुन आवश्यक रहेको बताए । प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसालले नयाँ पत्रकारहरुलाई आधारभूत र पुराना पत्रकारलाई बिट तालिम चलाउनुपर्ने बताइन् ।

    प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष अमृत गिरीले आचार संहिताका पूर्ण पालना गराउने श्रमजीवी पत्रकारको पक्षमा महासंघले काम गर्न जरुरी रहेको बताए । प्रेस संगठन रुपन्देहीका संयोजक कमल रायमाझीले पत्रकारको न्यूनतम पारिश्रमिकको लागि मिडिया हाउसको अनुगमन गर्नुपर्ने बताए । प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले पत्रकारप्रति समाजले हेर्ने दृषि्टकोण नराम्रो बनेको भन्दै पत्रकारलाई सच्चाउनुपर्ने बताए ।

    प्रेस मञ्च, नेपालका सचिव टिआर शर्माले मिडिया हाउसहरुले सञि्चत र आपतकालिन कोष बनाउन जरुरी रहेको बताए । लुमि्बनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले प्रेसको दुरुपयोग रोक्न टिम बनाउन आवश्यक रहेको बताए । संघीय पत्रकार परिषदका सोनु थापाले कोभिड प्रभावित पत्रकारको पहिचान गरी उनीहरुलाई पलायन हुनबाट रोक्नुपर्ने बताए । सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले मिडिया हाउसमा लैगिंकमैत्री नीति बनाउनुपर्नेमा सुझाव दिइन ।

    कि्रयाशिल महिला पत्रकार रुपन्देहीका अध्यक्ष कल्पना तिवारीले मिडिया हाउन लैगिंकमैत्री बन्नुपर्ने बताइन् ।  महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको राय सुझाव कार्यान्वन गर्दै जाने बताए । महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत, महिला उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन तथा सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पत्रकार महासंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।