Logo

२०८३, आश्विन १२गते


images
images

३८ दिनसम्म मनाइने राना थारू समुदायको पृथक होली

३८ दिनसम्म मनाइने राना थारू समुदायको पृथक होली

images
  • सेतोमसी सहकर्मी
  • ३८ दिनसम्म मनाइने राना थारू समुदायको पृथक होली
    images
    images

    कञ्चनपुर । अन्य समुदायले भन्दा राना थारू समुदायले होलीपर्व पृथक तरिकाले मनाउने गरेका छन्।

    images
    images
    images

    झण्डै ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ । राना थारू समुदायमा दुई चरणमा होलीपर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ।

    images
    images
    images

    त्यसपछिका आठ दिनको समय मृत्त होली मनाउने प्रचलन रहेको रानासमुदायका अगुवा बताउँछन्। “मृत्त होली अन्य समुदायको होली सकिएपछि सुरु हुन्छ”, भीमदत्त नगरपालिका–१९ का साहेव रानाले भने, “माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म जिउँदो होली मनाउँछौँ”, उनले फागू पूर्णिमापछि रानाथारू समुदायमा बल्ल रौनक छाउने बताए।

    images
    images
    images

    “गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन्”, रानाले भने, “होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने चलन छ ।”

    राना समुदायका जानकारका अनुसार हिरण्यकश्यपले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रह्लादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए। प्रह्लादले पनि आफ्नो बुवाको कुरा नकाटी फूपू होलिकाको काखमा बसे।

    जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर खरानी भइन् भने प्रह्लादलाई अग्निले केही गर्न सकेन भन्ने किंवदन्ती छ। त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भएको भनेर होलीपर्व राना समुदायले मनाउँछन्।

    होलीको सुरुको दिन होलीको प्रतीक स्थापना गर्ने दिन हो। “माघ महिनाको पूर्णिमाको दिन दाजुभाइ गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन्”, भीमदत्त–१९ का मालती रानाले भनिन्, “गाउँको चाकर अर्थात् चौकीदारले घर–घरबाट ल्याएको पूजा सामग्रीसहित होलीको प्रतीक पुत्ला स्थापना गर्छन्।”

    उनका अनुसार यसरी होली राख्ने परमपरागत चलनलाई राना समुदायमा ‘होरी धरन’ भनिन्छ। यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको उनले बताइन्। यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने तथा परम्परागत परिहनमा गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ।

    फागु पूर्णिमाको दिन बिहान सबै सरसफाइ गरी मीठा–मीठा खानेकुरा पकाइ खाने परम्परा रहेको स्थानीय मधोवर राना बताउँछन्। सोही दिन अपराह्न करिब तीन–चार बजे गाउँका सबै दाजुभाइ दिदीबहिनी आ–आफ्नै परम्परागत पहिरनमा सजिएर होलीको पुत्ला दहन गरिएको ठाउँमा गई चामल, गहुँ वा जौँ चढाउँदै जलेको गुइँठालगायत अन्य काठ दाउराको खरानीको टीका लगाउने चलन रहेको राना बताउँछन्।

    “यो दिन वर्षभरिका दुःखकष्टलाई बिर्सने, छिमेकमा हुने आपसी मतभेद, लडाइँ, झगडा एवं हरेक प्रकारका बेमेल त्यागेर ‘राम राम’ भन्दै भेटघाट गर्ने दिन हो”, रानाले भने, “होलीको टीका लगाउनुपूर्व आगो निभाउन र त्यसपछि टीका लगाउनका लागि खेलिने होलीमा गाइने गीतको छुट्टा–छुट्टै भाका हुन्छ।”

    होलीकै अवसर पारी सामाजिक सद्भाव एवं आपसी सम्बन्ध बलियो बनाउन पालैपालो छर–छिमेकमा समेत निम्ता गरी भोज खुवाउने परम्परा चलिआएको उनको भनाइ छ।

    “कहीँ कहीँ राना सामूहिकरूपमा घरघरमा गई गीत गाउँदै होरी नाच गरी दक्षिणा (फगोहा) माग्ने चलन पनि छ”, उनले भने, “होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ, परम्परागतरुपमा मनाइँदै आएको होली एक महिना आठ दिनसम्म खेलिन्छ।”

    परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। जुन घरमा खेल्यो त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत्त होली मनाउने चलन छ। होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि आशीर्वाद माग्ने चलन रहेको स्थानीय बताउँछन्।

    महिलाहरूले घगरिया, अङिया, फतुइ (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन रहे पनि पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होलीपर्व
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।