Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेश सभा सदस्य वली, फेरिरहने बोली !

लुम्बिनी प्रदेश सभा सदस्य वली, फेरिरहने बोली !

images
  • लुम्बिनी प्रदेश सभा सदस्य वली, फेरिरहने बोली !
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले बोली फेरेकी छन् । सोमबार एमालेमा फर्किएकी भनिएकी वली बुधबार फेरि माओवादी केन्द्रमै फर्किएकी हुन् । उनी माओवादी केन्द्रमा मात्र फर्केकी छैनन् । उनको आगमनसंगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सामु केही संगिन आरोप समेत तेर्सीएका छन् ।

    एकसाता देखि सम्पर्क बिहिन भएको भनिएकी वलीलाई मुख्यमन्त्री निवासमा 'बन्धक' बनाईएको आरोप विपक्षी गठबन्धनले लगाएको छ । र, उक्त आरोपबारे सार्वजनिक रुपमा सांसद वली बोलेकी छैनन् । अदालतको निर्णय अनुसार नेकपा विभाजन हुँदा माओवादीकेन्द्र रोजेकी उनको सोमबार मात्रै अज्ञातस्थलबाट विज्ञप्ति जारी गरिएको थियो । जसमा आफू चुनाव चिह्न सुर्यबाट चुनाव लडेको र कानुनी रूपमा माओवादी केन्द्र रोज्ने कुरा ठीक नभएको भन्दै एमालेमै फर्किएको घोषणा गरेकी थिइन् । तर, अप्रत्याशित रुपमा बुधबार उनी प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको र मुख्यमन्त्री पोखरेलले बन्धक बनाएको भन्दै आँसु नै झारेर रोएको समाचारहरू आईरहेका छन् ।

    सम्पर्क बिहिन भएको भनिएकी वली उनी आफैँ पार्टीको सम्पर्कमा आएको माओवादी केन्द्रले जनाएको छ । त्यससंगै मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको रिपोर्ट उनले माओवादी संसदीय दललाई गरेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

    एउटा भैंसी हराउँदा समेत सक्रिय हुने सुरक्षा निकाय के एक सांसदलाई 'बन्धक' बनाईको विषयमा जानकार थिएन ? के यदि साच्चिकै उनी बन्धक बनाईएकी हुन भने बन्धनमुक्त भएपछि उनले त्यसबारे सुरक्षा निकायमा उजुरी दिनु पर्दैन ? यदि त्यसो होइन र उनी आफैं बोली फेरिरहने हुन् भने लुम्बिनी प्रदेशसभा सदस्य वली फेरिरहने बोली भन्ने शब्दबाण उनीसामू बारम्बार तेर्सिने छ ।

    यदि त्यसो पनि होइन र शक्ति केन्द्रले उनलाई अनावश्यक दवाव दिएर कहिले यता कहिले उता हुन बाध्य परिएको हो भने यस प्रकारका  राजनीतिक अपराध तुरुन्त रोकीनु जरुरी छ ।

    स्मरण रहोस, वलीका पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा  भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । २३ फागुनको सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि वलीले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।