Logo

२०८३, आश्विन ९गते


images
images

'ओली पक्षले गर्ने सदस्यता नविकरण, माधव पक्षलाई अमान्य'

'ओली पक्षले गर्ने सदस्यता नविकरण, माधव पक्षलाई अमान्य'

images
  • 'ओली पक्षले गर्ने सदस्यता नविकरण, माधव पक्षलाई अमान्य'
    images
    images

    रुपन्देही । नेकपा एमाले माधव नेपाल पक्षले ओली पक्षले एकपक्षीय रुपले पार्टी सदस्यता नविकरण गर्ने लगायतका गतिविधि गरेको प्रती ध्यानाकर्षण भएको जनाएको छ । एमाले माधव पक्षका रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले एक विज्ञपति जारी गर्दै ओली पक्षको गतिविधि प्रती आशंका गरेका हुन् ।

    नेता गुरुङ्गले अन्तरविरोध समाधानतर्फ उन्मुख भएको समयमा पार्टी एकताका लागि एकता कार्यदलले प्रस्ताव गरेको र ओली पक्षिय एमाले केन्द्रिय कमिटी स्वयमले पारित गरेको दशबुदे विपरीत ओली समूह गएको आरोप लगाउँदै समझदारीको मर्म र भावना विपरित एकतर्फी रुपमा पार्टी सदस्यको नविकरण गर्ने कुरा मान्य नहुने जनाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ - "हामीहरु नेकपा एमालेको बृहतर पार्टी एकता गर्दै आगामी महाधिवेशनमा नयां नेतृत्व स्थापित गर्ने कुरामा सहमत छौ । २०७५ जेठ २ मा पार्टीका पूर्ववत कमिटीहरु सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतको फैसला समेत अवज्ञा हुनेगरी ०७५ जेठ २ अघिका कुनै पनि कमिटीले नचिन्ने र नजान्ने कमिटीको बैठक राखि पार्टीको विधि विधान विपरित गरिएका बैठकका निर्णय स्वयमा अवैधानिक रहेको छ ।"

    विज्ञप्तिमा पार्टी आपसी जालझेल, षडयन्त्रबाट होइन आन्तरिक जनवादको ग्यारेन्टीबाट जिवन्त राख्न सकिने बताउंदै पार्टीको उच्चतहमा भैरहेको एकतालाई तत्काल निष्कर्षमा पुर्याई लामो समयदेखि अन्यौलग्रस्त रहेको पार्टी जीवनलाई सुव्यवस्थित गर्न नेतृत्व समक्ष माग समेत गरिएको छ । received_2920648564866372.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।