Logo

२०८३, श्रावण ३०गते


images
images

नि:शुल्क रक्तसेवाबाट बुटवलका बिपन्न सेवाग्राही लाभान्वित

नि:शुल्क रक्तसेवाबाट बुटवलका बिपन्न सेवाग्राही लाभान्वित

images
  • नि:शुल्क रक्तसेवाबाट बुटवलका बिपन्न सेवाग्राही लाभान्वित
    images
    images

    सुनिता चुदाली, बुटवल । बुटवल उपमहानगरपालिका वडा न. ११ देविनगरका ३८ बर्षका सत्यनारायण चौधरीका दुबै मिर्गौलाले काम गर्न छोडेको २ बर्ष भयो । उनले अहिले हप्ताको तिनपटक डायलासिस गर्छन् । उनलाइ एकपटकमा एक पोका रगत चढाउनुपर्छ। उनको लागि हप्ताको तिन पोकासम्म रगत चाहिन्छ । कहिलेकाही  अवस्था हेरेर ३/४ पोका पनि चाहिन्छ ।

    images
    images
    images

    चौधरी कामको शिलशिलामा वैदेशिक रोजगारको सिलसिलामा दुबईमा  थिए ।  दुइ बर्षअघि मिर्गौलामा समस्या देखिएपछि उनी नेपाल फर्किए । मिर्गौलामा समस्या देखिएपछि काठमाडौको ग्रान्डी अस्पतालमा चेक जांच  गराउदा दुबै  मिर्गौलाले पुर्ण रुपमा काम गर्न छोडिसकेको रहेछ । अब  उनलाइ   हप्ताको  तिन पटक डायलाइसिस गर्नुपर्नेभयो।  केहि समयसम्म काठमाडौ ग्रान्डि हस्पिटलको उपचार गरे पछि उनले बुटवल घर भएका  कारण  बुटवलस्थित  सिद्धबाबा हस्पिटलमा  डायलाइसिस गर्न शुरु गरे ।  डायलाइसिसको लागी  रगत चढाउनु पर्ने हुन्थ्यो। सुरू सुरूका दिनहरुमा प्रति पोका ७५० र  बिचमा ९५० सम्म सेवा शुल्क तिरेर रगत ल्याउने उनले अहिले  रक्तसञ्चार  केन्द्रमा गएपछि निशुल्क रगत पाउछ्न ।
     
    बुटवल उपमहानगरपालिकाले २०७९ पौष  महिनादेखि बुटवलमा रगत नि:शुल्क गराएको हो । त्यो कुरा उनले ०८० बैशाखमा रक्त सन्चार केन्द्र बुटवलको सूचना पाटिमा टासेको सुचना  देखेर थाहा पाए । अनि उनले निशुल्क रगत पाइने कुरा थाहा पाएर निशुल्क रगतको सेवा लिन थालेका हुन् । "पहिलो पटक रगत लिदा नागरिकताको फोटोकपि लिएर जानुपर्दोरहेछ ।" उनले भने -"त्यसपछि भने चाहिने रगत सजिलै पाइदो रहेछ ।" 

    images
    images
    images

    चौधरी  थप्छन्, "हामीजस्तो सर्वसाधारण मान्छेको लागि बुटवल उपनगरपालिकाले गरेको यो कार्य  एकदमै राम्रो  छ ।" रगतको सेवा शुल्क तिर्न समेत नसक्नेको लागी नगरपालिकाले दिएको सुबिधाले राहत मिलेको उनी बताउँछन ।  अहिले  उनको आयआर्जनको आधार भनेको अटो रिक्सा  हो । बुटवलमा रिक्सा चलाएर धौधौले जिविकोपार्जन गरेको उनले बताए ।

    images
    images
    images

    त्यस्तै बुटवल -१२ तामनगर बुद्ध टोलका ५४ वर्षिय रत्न बहादुर थापा क्यान्सर रोगका बिरामी  हुन । थापालाई पनि हप्तामा ३/४ पोका रगत चाहिन्छ ।   विगत  ३ बर्षदेखि उपचाररत  थापाले पहिले रक्तसञ्चार केन्द्रबाटै ७५० देखि १०५० सम्म तिरेर १ पोका रगत ल्याउथे । उनले पनि रगत लिन जादा  बुटवल उपमहानगरपालिकाले टासेको सूचना देखेपछि सोहि सुचनामार्फत उनले रगत निशुल्क भएको थाहा पाएका हुन् ।
     
    अहिले उनले रगत लिन जादा नि:शुल्क रुपमा सहजै पाइएको  बताए  । "पहिले भन्दा अहिले सजिलै रगत पाइन्छ" उनले भने । पहिले भरतपुर  क्यान्सर अस्पतालमा  उपचार  गराएका उनी अहिले मेडिटेक हस्पिटल बुटवलमा रगत चढाउदै आएका छन् । यस्तो राम्रो  कार्यको लागि उनले बुटवल उपमहानगरपालिकालाइ धन्यवाद  व्यक्त  गरे  । "हामीजस्ता न्युन आय हुने  जनताका लागि  नगरपालिकाले बिर्सनै नसक्ने गुन लगाएको छ" उनले थपे ।

    उता बुटवल १९ मोतिपुरका गोपाल थापा पनि मिर्गौलाका बिरामी हुन् । उनलाई पनि ३ महिनादेखि  स्वास्थ्य अवस्था हेरेर रगत चढाउन पर्नेहुन्छ । हप्ताको दुई  पटक  डायलासिस गर्नुपर्ने  उनलाइ कहिले हप्तामा २ पोका त कहिले १ पोका रगत चाहिन्छ । पहिलोपटक नै उनले चाहिएको रगतको लागि पैसा तिर्न परेन ।" चाहिएको रगत रक्त संचार केन्द्रमा गएपछि सजिलै व्यवस्था हुने रहेछ, जति चाहिएपनि  ल्याउन सकिदोरहेछ।" रगत निशुल्क उपलब्ध  हुने कुरा पनि उनले रक्तसन्चारमा टासिएको सूचनाबाटै थाहा  पाएका हुन् ।

    "पहिले पहिले अलि अलि झन्झट  हुन्थ्यो सायद रगत अभाव  भएर पनि होला ।  धेरै  संघ सस्थाहरुले रक्तदानमा साथ दिएकाले पनि होला । अहिले रगत  सजिलै उपलब्ध  हुन्छ ।" खुसी हुदै उनले भने - "हामिजस्ता सर्वसाधारणको लागि यस्तो व्यवस्था गरिदिने  उपमहानगरपालिकालाइ धेरै-धेरै धन्यवाद ।"

    बुटवल  उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले २०७९ पौष  महिनादेखि  शुरु भएको यो अभियान अन्तरगत बुटवलका सबै  हस्पिटलहरुमा सम्झौता भएको बताउछ्न ।  "बुटवलवासीमा नागरिकलाई व्यवस्थित अनि छिटो-छरितो सेवा र सुविधा दिने हाम्रो अभियान हो । राम्रो भै'राखेको छ ।" उनी भन्छन्, "त्यहाँ  सेवा लिन आउने सेवाग्राहीहरु पनि खुसी देखिनुहुन्छ ।" 

    बुटवल उपमहानगरले रक्तसञ्चार केन्द्र बुटवललाई बार्षिक २० लाख अनुदान उपलब्ध गराई सेवा निशुल्क रगत उपलब्ध गराएको उनले बताए ।  अहिले बुटवल  उपमहानगरपालिका र रेडक्रस  सोसाइटीबीच आवश्यक रगत पर्याप्त  होस भन्नका लागि शिविरहरु र सचेतनामुलक कार्यक्रमहरु  संचालन गर्ने  समझदारी अनुरुप कार्यक्रमहरु पनि भै'राखेका छ्न । संघ-संस्थाहरुले बेला बेलामा गर्ने रक्क्तदानले पनि रक्त अभाव पुर्तिमा टेवा पुगेको छ ।

    बुटवल  उपमहानगरपालिकाका प्रमुख  खेलराज पाण्डेले नगरबासीका लागि सहुलियत होस भनेर नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रबीच सम्झौता गरि सेवा प्रदान गरिएको बताए ।   "बुटवलवासीले बुटवलका अस्पतालहरुमा उपचाररत रहदा आवश्यक  पर्ने चाहिनेजति  रगत र रक्तजन्य  पदार्थ  लिदा कुनैपनि शुल्क तिर्नु पर्दैन । उनले भने, "यो सेवाले बिपन्न वर्ग बढी लाभान्वित हुनुभएको छ ।"  

    बुटवल उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीबिच आवश्यक  रगत सेवा शुल्क नलिई पर्याप्त रगत उपलब्ध  गराउन भएको  सम्झौताले न्युन आयश्रोत भएका धेरै जसो  मिर्गौला र क्यान्सरका बिरामीसहित सबै खालका बिरामीलाई राहत पुगेको छ । नगरप्रमुख पाण्डेले यो सेवालाई अझै प्रभावकारी रुपमा ब्यवस्थित बनाउदै समग्र स्वास्थ्य सेवालाई सर्बसुलभ र निशुल्क बनाउने गरि कार्य सम्पादन गरिरहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।