Logo

२०८३, आश्विन १०गते


images
images

म्याग्दीमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक

म्याग्दीमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक

images
  • सेतोमसी सहकर्मी
  • म्याग्दीमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश, म्याग्दी । नयाँ शैक्षिकसत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन् ।

    images
    images
    images

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्रीवितरण थालेको छ ।

    images
    images
    images

    सामूहिक लगानीमा बिक्रि कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले जानकारी दिए । “हामीले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ, विद्यार्थीको अनुमानित सङ्ख्याका आधारमा पुस्तक ल्याएका छौँ”, उनले भने, “अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तकसमेत ल्याउने प्रबन्ध मिलाएका छौँ ।

    images
    images
    images

    यो वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।” विसं २०७२ देखि म्याग्दीका पुस्तक व्यवसायीले सामूहिकरुपमा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् ।

    यो वर्ष महासङ्घमा आबद्ध जिल्लाका २८ जना व्यवसायीले रु एक करोड लगानीमा कक्षा १ देखि १० सम्मका करिब १६ हजार पाँच सय विद्यार्थीका लागि पाठ्यपुस्तक ल्याएको जनाएको छ ।बेनीमा सामुदायिक विद्यालयमा सरकारी पाठ्यपुस्तक उपलब्ध गराउने विषयमा पुस्तक व्यवसायी र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले विद्यार्थीलाई शैक्षिकसत्रको सुरुआतमै पाठ्यपुस्तक हातहातमा पुर्‍याउने तत्परताका लागि व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।