Logo

२०८३, श्रावण ३०गते


images
images

सम्पर्कविहिन भएको भनिएकी सांसद सार्वजनिक

'मलाई मुख्यमन्त्री निवासमा बन्धक बनाईयो' - सांसद विमला वली

'मलाई मुख्यमन्त्री निवासमा बन्धक बनाईयो' - सांसद विमला वली

images
  • 'मलाई मुख्यमन्त्री निवासमा बन्धक बनाईयो' - सांसद विमला वली
    पत्रकार सम्मेलनमा सांसद वली
    images
    images

    बुटवल । करिब एक हप्तादेखी सम्पर्क विहिन भएकी भनिएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली बिहिवार  सार्वजनिक भएकी छिन्। वलीलाई बुटवलमा माओवादी केन्द्रले पत्रकार सम्मेलन गरेर सार्वजनिक गराएको हो ।

    images
    images
    images

    साउन १५ यता उनी माओवादी केन्द्रसँग सम्पर्कबिहिन  थिइन् । त्यस विचमा उनी अस्पतालमा भर्ना भएको समाचार विभिन्न संचार मध्यमहरुमा समेत आयो  । सोमबार आँफू एमालेमै रहेको भन्दै उनको नाममा आएको विज्ञप्तीलाई  माओवादी केन्द्रले नक्कली विज्ञप्ती भनेको थियो ।  आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नु माआेवादी केन्द्रमै रहेकाे बताउँदै उक्त विज्ञप्ति नक्कली भएको पुष्टि गरेकी छन् ।

    images
    images
    images

    सांसद विमला कुमारी खत्री वलीले जारी गरेकाे  प्रेस विज्ञप्तिreceived_856644831648615.jpeg

    images
    images
    images

    received_523299025624660.jpegआदरणीय संचारकर्मी मित्रहरु, मितिः २०७८/० ४/२१ म लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्रीको सवालमा गएको साउन १५ गते देखि आज सम्म आम संचार माध्यम र सामाजिक संजालहरुमा मेरो राजनीतिक जिवनलाई असर गर्ने भ्रमहरु र केहि सत्य कुराहरु आएका छन् ।

    म यसै पत्रकार सम्मेलन मार्फत घटना विवरण सहित स्पष्ट पार्न चाहन्छु । १- म बिमला कुमारी खत्री २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार भई निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य हुँ ।

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुन म निवार्चित भएको दलको सवालमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार म निर्वाचित भएको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भै पुनः पूर्ववत अवस्थामा नेकपा ( माओवादी केन्द्र) र नेकपा (एमाले) कायम भएको अवस्थामा म निर्वाचित भएको दल नरहेपछि स्वतन्त्र हैसियतमा मैले नेकपा (माओवादी केन्द्र) रोजी सोही दलको लुम्बिनी प्रदेश सभा दल सदस्यता २०७८ वैशाख १७ गते प्राप्त गरी वैशाख १९ गते पत्रकार सम्मेलन गरी घोषणा गरेको विषय स्मरण गराउन चाहन्छु २ म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशसभा संसदीय दल सदस्य भैसके पछि नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरुबाट एमाले पार्टीमा आउनु पन्यो भनेर बारम्बार दबाव आउन थाल्यो ।

    यो दवाव निरन्तर जारी रहयो, मैले त्यसलाई निरन्तर ईन्कार गरिरहें यहि क्रममा २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगंज हिड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानिय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरी उहि दबाब दिन थाल्नु भयो ।

    मैले फेरी पनि ईन्कार गरेँ। म बिरामी छु उपचारको लागि नेपालगन्ज जादैछु जानदिनुस् भन्दा प्रमुख सचेतक भुमेश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, संगै जाऔँ हामी नै पुराई दिन्छौं भन्नु भयो उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडिमा बसे गाडि तुल्सीपुरबाट अमिलिया आएर उहाँहरु खाना खानु भयो । गाडिमा बसियो तर गाडि नेपालगन्ज तिर जानु पर्नेमा एक्कासी बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनें यता कहाँ जाने हो ? गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गर्नु भयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरुले भन्नु भयो एक पटक मुख्यमन्त्री ज्युलाई भेट्नु पन्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो ।

    ३ मुख्मन्त्री शंकर पोखरेलसंग भेट भई छलफल शुरु भयो फेरी उही दवाय शुरु भयो नेकपा ( एमाले) मा आउनु पन्यो, पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् ! भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर ईन्कार गरिरहें साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें साउन १८ गते विज्ञप्ती लेखेर मलाई पढनै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुइ तीनवटा माइनट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिए, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो २० गते बिहान मलाई असहय मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनु पर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरे ४ दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगे, जहाँ मेरो आफनै बुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरे त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिन आज तपाई संचारकर्मीहरु मार्फत जनता सामु उपस्थित भएको छ ।

    ५ राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्न पर्यो । नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएन मेरो विचार राजनीति उहाँहरुको भन्दा फरक भए पनि मैले उहाँहरुलाई अविभावककै रुपमा मान्ने र बुझ्ने गर्दथे । तर त्यस्तो व्यावहार पाइएन । ६ - आदरणीय संचारकर्मी मित्रहरु र आम जनसमुदायहरु, यस घटनाबाट मलाई गम्भीर शिक्षा प्राप्त भएको छ र मलाई यस घटनाले अझै परिपक्व बनाएको छ । म मेरो दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) प्रति पूर्णप्रतिबद्ध छु र थप बलियो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो हुन भनेर जानकारी गराउँदछु । अन्त्यमा मलाई निर्वाचित गर्ने जनता, उद्धार गर्ने नेता कार्यकर्ता र सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्दछु ।

    मा. विमला कुमारी खत्री

    प्रदेश सभा सदस्य लुम्बिनी प्रदेश दाङ निर्वाचन क्षेत्र नं ३ (ख)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।