बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन डाँकेका छन् । आगामी साउन २७ को लागि विशेष अधिबेशन बोलाईएको प्रदेश सभाका सचीव दुर्लभ कुमार पुन मगरले सूचना जारी गरेका हुन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमाेर्चाले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध प्रदेश सभामा अबिश्वास प्रस्ताव दर्ता गरिसकेको अवस्थामा बोलाईएको अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
गठबन्धनले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष समाबेदन गरेका थिए । साेही अबिश्वास प्रस्तावमा छलफल गर्ने गरी साउन २७ गते दिउसो १ बजेका लागि प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन् ।
प्रदेशसभाको बैठक बोलाईएसंगै लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने चर्चा राजनीतिक बृत्तमा चलेको छ । कायम मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएको र उनले अल्पमतको शासन गर्दै आएको विपक्षी गठबन्धनले अबका दिनमा कसरी राजनीतिक चाल चाल्छ हेर्न बाकि नै छ । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology