काठमाडौ । भारतको चर्चित टू-व्हीलर ब्राण्ड प्युअर इभिको उत्पादन इलेक्ट्रिक टू-व्हीलर अर्थात इलेक्ट्रिक स्कुटरहरु नेपालमा व्हाइट लोटस मोटर्सले आधिकारिक बिक्रेताको रुपमा र देशै भरीका आफ्ना शाखाबाट बिक्री गरिरहेको छ ।
व्हाईट लोटस मोटर्सले अहिले बजारमा तीन किसिमका स्कुटर बेच्दै आइरहेको छ । अहिले नेपाली बजारमा प्युअर इभि ब्रान्डका इप्लुटो सेभेन जि, इन्ट्रान्स प्लस र इन्ट्रान्स नियो स्कुटर देख्न सकिन्छ । ती स्कुटरहरु बाटोमा गुडिरहेका छन । कम्पनीले निकै स्टाइलिश र मोडेलहरू बजारमा पठाएको छ ।
अबको १० बर्ष भित्र डिजेल पेट्रोलबाट चल्ने सवारीलाइ बिस्तापित गर्ने सरकारको नीति अनुसार बिद्युतिय सवारी अहिले सबैको प्राथमिकतामा पर्ने गरेको छ । प्राथमिकतामा नपरोस पनि कसरी ? न पेट्रोल हाल्ने झन्झट, न पैसा सकियो भन्ने पिर । पेट्रोल पम्पमा जस्तो गएर लाइन लाग्नु नपर्ने घरमै चार्ज गर्न सकिने भएपछि इलेक्ट्रिक स्कुटरहरु अहिले सबैको रोजाइमा छन ।
प्युअर इभि व्हाइट लोटस मोटर्सद्वारा काठमाडौमा नक्साल, बबरमहल, टेकु, पाटन, कुमारीपाटी, भक्तपुर र लोकन्थली तथा राजधानी बाहिर बुटवल (राजमार्ग चौराह), पोखरा, चितवन, कावासोती, इटहरी र जनकपुरबाट ग्राहकलाइ सेवा दिइरहेको छ ।
नेपालमा बिक्री गरिरहेका मुख्य तीन ओटा स्कुटरहरु इप्लुटो सेभेन जि, इन्ट्रान्स प्लस, र इन्ट्रान्स नियो को बारेमा छोटकरीमा जानकारी तल दिइएको छ ।
"इप्लुटो सेभेन जि"
सबै समुहलाइ प्रयोग गर्न मिल्ने इप्लूटो सेभेन जि २.२ किलोवाट मोटरको साथमा आएको यो स्कुटर २.५ किलोवाट-आवर लिथियम-आयन ब्याट्री (पोर्टेबल) द्वारा संचालित छ । जुन २.२ किलोवाटको पीक पावर उत्पादन गर्न डिजाइन गरिएको हो । यो स्कुटरमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ । हाइ टोर्क मोटर रहेको यो स्कुटर ६० किलोमिटर प्रतिघन्टाको स्पिडमा गुड्न सक्छ । १० इन्चको एलोय व्हिल रहेको यो स्कुटरको टायर ट्युबलेस हो । अन्य सुविधाहरूमा एन्टी-चोरी स्मार्ट लक, १२-डिग्री ग्रेडबिलिटी, पुनर्जनित ब्रेकिंग, बाह्य चार्जिंग पोर्ट र एलईडी लाइटहरु समावेश छन्। यसको ब्याट्री पूरा चार्ज हुनलाई लाग्ने समय भनेको ३ देखि ४ घण्टा हो । यसको अहिलेको मूल्य २४९९०० रुपियाँ रहेको छ । इप्लुटो सेभेन जि स्कूटर ६ रंगमा रातो, निलो, कालो, खैरो, पहेलो, घुर्मैलो कालो र सेतो रंगमा उपलब्ध छ ।
"इन्ट्रान्स प्लस"
प्युअर इभि इट्रान्स प्लस एउटा सरल डिजाइनमा बनेको स्कुटर हो । यो एउटा किफायती साधन हो भनेर बुज्नुपर्छ । २५० वाटको हब मोटर रहेको यो स्कुटरमा १.४ किलोवाट-आवर लिथियम-आयन ब्याट्रीबाट चल्ने गर्छ । ३ घन्टामा फुल चार्ज हुने ब्याट्री रहेको छ भने एक पटक चार्ज गरेपछि ९० किलोमीटर गुड्न सक्छ । यसको अधिकतम स्पिड भनेको ४० किलोमीटर प्रती घन्टा हो । पोर्टेबल ६ एम्पिएर चार्ज आउटपुट रहेको स्कुटरमा एलसिडि डिस्प्ले रहेको छ ।
इट्रान्स प्लस अन्य इलेक्ट्रिक स्कूटरहरू भन्दा अलि सस्तो छ, अगाडि र पछाडि दुबै टायरमा ड्रम ब्रेकको साथमा इ-एबिएस सुविधा प्रदान गर्दछ । यो स्कुटरको मजबूत चेसिस डिजाइन नेपाली सडकहरूको लागि निकै उपयुक्त छ । यसले ब्याट्रीको क्षमता कति प्रतिशत बाँकी छ भन्ने पनि देखाउदछ । इन्ट्रान्स प्लस पनि रातो, निलो, कालो, खैरो, पहेलो, घुर्मैलो कालो र सेतो रंगमा उपलब्ध छ । यसको मूल्य १९९९०० रुपैयाँ रहेको छ ।
"इन्ट्रान्स नियो"
इन्ट्रान्स नियो स्पोर्टी जस्तै देखिन्छ । यो स्कुटरमा २.२ किलोवाटको मोटर छ। यो २.५ किलोवाट-आवर लिथियम-आयन ब्याट्रीबाट चल्छ । इन्ट्रान्स नियो पनि इप्लुटो सेभेन जी जस्तै छ । यो पनि ६० किलोमिटर प्रतिघन्टाको स्पिडमा गुड्न सक्छ र एक पटक फुल चार्ज गरेपछि ९०-१२० किलोमीटर सम्म गुड्नेछ । यसको पनि ब्याट्री पूरा चार्जिङ हुन लाग्ने समय भनेको ३ देखि ४ घण्टा हो ।
इप्लुटो जस्तै एन्टी-चोरी स्मार्ट लक, १२-डिग्री ग्रेडेबिलिटी,१० इन्च कास्ट एलोय व्हील, र एलईडी लाइट भएको इट्रान्स नियोमा यसबाहेक एलसीडी डिस्प्ले, ड्रम ब्रेक, २ व्यक्तिको सिट क्षमता, एलईडी हेडल्याम्प, साइड इन्डिकेटर, साइड स्ट्यान्ड सूचक रहेको छ । यसको क्षेमता १५० केजि सम्म रहेको छ । यो पनि इप्लुटो सेभेन जि र इन्ट्रान्स प्लस जस्तै सबै रङमा उपलब्ध रहेको कम्पनिले जनाएको छ । यसको मूल्य २२९९०० रुपियाँ रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology