Logo

२०८३, आश्विन १७गते


images
images

चिकित्सक नहुँदा थन्किए उपकरण

चिकित्सक नहुँदा थन्किए उपकरण

images
  • सेतोमसी सहकर्मी
  • चिकित्सक नहुँदा थन्किए उपकरण
    images
    images

    हेटौँडा । अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए । 

    images
    images
    images

    बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाँडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताए। 

    images
    images
    images

    उनले भने, “मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन पर्‍यो तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन । विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्”,  अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नसक्ने  भएकाले चिकित्सक नियुक्तिबिना उपकरण प्रयोगमा ल्याउन कठिन भएको उनको भनाइ छ । 

    images
    images
    images

    अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन गरेपछि  मधेस प्रदेशबाट  सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । हाडजोर्नी, छाला रोग, सघन उपचार कक्षलगायत सेवा पनि उपलब्ध भएकाले अस्पतालमा बिरामीको चाप बढेको सदस्य चौलागाईंले बताए  ।

    रोटरी क्लब अफ मकवानपुरको सहयोगमा आठ महिनाअघि ल्याइएको रु एक करोडको उपकरण प्रयोगविहीन छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुटुरोग विशेषज्ञ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।