Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी र एमाले सच्चिए वामपन्थी शक्ति बन्न सक्छ : घनश्याम भुसाल

माओवादी र एमाले सच्चिए वामपन्थी शक्ति बन्न सक्छ : घनश्याम भुसाल

images
  • सेतोमसी सहकर्मी
  • माओवादी र एमाले सच्चिए वामपन्थी शक्ति बन्न सक्छ : घनश्याम भुसाल
    images
    images

    बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो भएपनि कम्यूनिष्ट पार्टीभित्रको जड्तालाई चिर्नमा आफुहरुले नेतृत्व गर्ने बताए ।

    images
    images
    images

    समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार तिलोत्तमामा आयोजना गरेको बर्तमान सन्दर्भमा नेपाली पत्रकारिताको अवस्था र अबको बाटो बिषयक अन्तरक्रिया एंव सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन । उनले अहिले बनेको वाम बहुल गठबन्धनलाई आफुहरुले सकरात्मक रुपमा लिएको बताए । ‘माओवादी र एमाले सच्चिए हुँदा वामपन्थी शक्ति बन्नसक्छ’ महासचिव भुसालले भने –‘माओवादी माओवाद र एमाले व्यक्तिपुजाबाट बाहिर निस्कन सके वामपन्थी शक्ति बन्नेछ ।’

    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको भन्दै भुसालले नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए । महासचिव भुसालले नेकपा एकिकृत समाजवादीको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने समेत बताए । देशको राजनीतिमा उकुसमुकुस, सन्नाटा र भाँडभैलोको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने बताए ।

    images
    images
    images

    भुसालले एमालेको राष्ट्रिय प्रतिनिधि परिषद वैठकमा पेश गरिएको राजनीतिक दस्तावेजमा आफुहरुको मेचीमहाकाली अभियानमा उठाएका ऐजेन्डा कपि गरेको समेत बताए ।ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउं नभएको तर्क गरे । महासचिव भुसालले पत्रकारिताले पत्रकारिताले समेत मुलुकको वर्तमान राजनीतिक बिषयलाई गहिरोगरी छलफल गर्नुपर्ने बताए ।

    नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सोम प्रसाद पाण्डेले समृद्ध मुलुक बिना जनताको अधिकार प्राप्त नहुने बताए ।पाण्डेले निराशावादी भन्दा आश जगाउने खालका समाचार लेख्न आग्रह गरे ।तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले पत्रकारिता क्षेत्रमा धेरै चुनौती भएको बताए । खाडले राजनिती परिवर्तनमा पत्रकारिताको ठुलो महत्व रहेको बताउदै अहिले धेरै सकारात्मक परिवर्तन भएको बताए ।

    समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष बिश्वमणि सुवेदीले नेपालको मुलधारको पत्रकारिता गलत ढङ्गले अघि बढ्दा बैकल्पिक पत्रकारिता हावी भएको बताए । सुवेदीले पत्रकार गैरजिम्मेवार हुँदै गए समाजमा धेरै क्षती हुने  जानकारी दिए ।

    कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रद्येश मोर्चा इन्चार्ज अब्दुल मियाँ, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनीका अध्यक्ष ह«दय भुसाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पाखरेल, नेकपा एकीकृत समाजवादी पार्टी रुपन्देहीका उपाध्यक्ष चिनकाजी गुरुङ, नेकपा एकिकृत समाजवादीका नेता सरिता श्रीस, प्रगतिशिल पत्रकार संघका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल, प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष विरेन्द्र कुँवर, जनपत्रकार संघ रुपन्देहीका अध्यक्ष विनोद खनाल लगायतले बोल्दै पत्रकारिता क्षेत्रमा आर्थिक रुपमा समस्या, नीतिगत र प्रविधिमा आएको परिवर्तनले ठूलो असर पारेको बताएका थिए ।कार्यक्रम संगठनका अध्यक्ष विनोद परियारको अध्यक्षता, उपाध्यक्ष पुनहरी बेल्बासेको स्वागत एंव एलिना आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

    सृजनशिल पत्रकारिता पुरस्कार  र बिशिष्ट सम्मान प्रदान

    समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले सृजनशिल पत्रकारिता पुरस्कारबाट उषाकिरण पन्थ पुरस्कृत भएकी छन् । विगत डेढ दशकदेखि सञ्चारक्षेत्रमा क्रियाशिल पत्रकार पन्थलाई नेकपा एकिकृत समाजवादीका महासचिव एंव पूर्वमन्त्री घनश्याम भुसाल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पुरस्कार प्रदान गरेका हुन । पन्थ नगद, प्रमाण पत्र र दोसल्लाबाट पुरस्कृत भएकी हुन् । पन्थ ग्लोबल आवाज डटकममा आवबद्ध छन ।

    यस्तै समाजवादी संगठन निर्माणमा बिशेष योगदान गरेवापत संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, केन्द्रीय सदस्य प्रकाश न्यौपानेलाई सम्मान गरिएको छ । महासचिव भुसालले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन ।

    त्यसैगरी युवा पत्रकारिता सम्मानबाट समता टेलिभिजनमा कार्यरत अस्मिता अधिकारीलाई सम्मान गरिएको छ । महासचिव भुसाल र संगठन रुपन्देहीका अध्यक्ष परियारले दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । यसअघि समाजवादी प्रेस संगठन लुम्बिनीको बैठक बसेको थियो । बैठकले आगामि पत्रकार महासंघको निर्वाचन, संगठनका बिषयमा विभिन्न निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।