Logo

२०८३, आश्विन ९गते


images
images

यातायात कार्यालयमा मन्त्री दीपक मनाङेको अनुगमन, हरेक घन्टा हाजिर गर्नुपर्ने

यातायात कार्यालयमा मन्त्री दीपक मनाङेको अनुगमन, हरेक घन्टा हाजिर गर्नुपर्ने

images
  • सेतोमसी सहकर्मी
  • यातायात कार्यालयमा मन्त्री दीपक मनाङेको अनुगमन, हरेक घन्टा हाजिर गर्नुपर्ने
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमन गरेका छन् ।

    images
    images
    images

    सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री मनाङेले सोमबार यातायात कार्यालयको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री मनाङेले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउन निर्देशन दिए ।

    images
    images
    images

    उनले कर्मचारीको विषय धेरै गुनासा आएकाले त्यसलाई व्यवस्थापन गर्न हरेक घन्टा हाजिर गर्ने व्यवस्था सुरु गर्न निर्देशन दिए । कर्मचारीहरु बिहान विद्युतीय हाजिरी गरेपछि एकै पटक बेलुका आउने गरेकाले सेवा ग्राहीले सेवा नपाउने गरेको बताए ।

    images
    images
    images

    त्यसैले प्रत्येक घण्टा बिद्युतीय हाजिरी गर्ने व्यवस्था गर्न निर्देशन दिएको उनले बताए । उनले कार्यालयबाट प्रदान गरिने सेवालाई अनलाइनबाट पाउने व्यवस्था गर्नसमेत निर्देशन दिए ।

    यातायात व्यवस्था कार्यालय कास्की प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेपले प्रदेशमा अनलाइन सेवा दिन नसकिएको गुनासो गरे ।

    मन्त्री मनाङेले अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यातायात कार्यालय
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।