Logo

२०८३, आश्विन ९गते


images
images

यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

images
  • यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ
    images
    images

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई अनावश्यक दुःख-हैरानी दिने तथा सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने कार्यमा संलग्न रहेको आरोपमा ६ बिचौलिया पक्राउ परेका छन् ।

    images
    images
    images

    मंगलबार बिहान बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ चन्द्रागिरी-५ का २७ वर्षीय रञ्जीत महर्जन, गोकर्णेश्वर नगरपालिका-८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरी-१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरी-५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङ सिद्धलेक गाउँपालिका-१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरी-६ का २५ वर्षीय सविन तामाङ रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।