बिगत केहि बर्ष पहिले देखि देशमा समय समयमा बिभिन्न परिर्वतनहरु भए बि. सं २०४६ साल पछि १० बर्षे जनयुद्ध त्यसपछि ६२÷६३ को जनआन्दोलन र मधेस आन्दोलनहरु भए देशमा परिर्वतन आएपछि केहि न केहि परिर्वतनको आशा गरेका जनताहरु सत्तामा बसेका नेताहरुको पुरानो सोच र कुर्चीको लडाईले गर्दा आन्दोलनमा सोचे जति खासै केहि उपलब्धि हुन सकेन । सत्तामा नपुग्दा अनेकौ जनताका नारा लिएर आउने र सत्तामा पुगि सकेपछि उत्कृष्ट निति नियम को कमजोरी र कुर्चीको लडाईमा मात्र समय खर्चिएका नेताहरु कै कारण सर्बसाधारणहरु आफ्नो जीवनयापनको लागि कुनै न कुनै पेशा, व्याबसाय र रोजगारी गर्नुपर्ने हुन्छ नै ।
हाम्रो देश नेपाल प्रकृतिकले धनी भएतापनि हामिहरुको जीवनयापन मा खासै परिर्वतन भएको छैन । नेपाल सरकारको तथ्याङ्क हेर्नै हो भने करिब ३ करोड जनसंख्या भएको देशमा करिब १९ लाख नेपालीहरु विदेशमा रहेको राष्ट्रिय जनगणना २०६८ ले देखाएकोमा आर्थिक सर्वेक्षण २०७४ र २०७५ अनुसार यो संख्या औपचारिक रुपमा ४० लाख भन्दा बढी युवा युवतीहरु बैदेशिक रोजगारीमा छन् । त्यसको अलवा लाखौ युवा युवतीहरु भारतको विभिन्न ठाँउहरु जस्तै दिल्ली, कोलकता, आसम, अरुणचल प्रदेश, मणिपुर, पंञ्जाब, जम्मु, केरल र देहरादुन आदी जस्ता ठाउँहरुमा रोजगारी गरिरहेका छन् । जसको अभिलेख नेपाल सरकार संग छैन । किनकी उनिहरु खुला सिमानाको कारण बिदेशिएका छन् । बैदेशिक रोजगारीबाट देशलाई बर्षेनी ठूलो मात्रामा रेमिटान्स भित्रिएको छ । जसले स्वयम जनता र देशको राष्ट्रिय अर्थतन्त्रमा टेवा पुगेको छ ।
खाडी मुलुकहरुमा दिनको ५० डिग्री तापक्रममा अर्काको हेपाई सहेर दिनहरु बिताउनु हाम्रो बाध्यता बनेको छ । यता परदेशमा युवाहरु दिनरात नभनी अर्काको गालि सहेर आफ्नो सानो झुपडीलाई सझाउने सपना बोकेका हुन्छन् भने अर्कोतिर बढ्दो डिजिटल टेक्नेलोजी को बिकाशको कारण आफ्नो परिवार गाउँ समाजको सुचना पाईरहेका छन् देशका हरेक गरितबिधिमा नजर राखिरहेका हुन्छन् तर यसको गलत नकरात्मक प्रयोग गर्नाले श्रीमान÷श्रीमति संगको बिछोड र धेरै मात्रामा सामाजिक अपराध पनि भएका छन् । ५० डिग्री तापक्रममा मेहनतले कमाएको पैसा उदाउने र पर-पुरुषसंग लागेर आफ्नो श्रीमानलाई धोका दिने महिलाको संख्या उलेख्य छ ।
बैदेशिक रोजगारीबाट मानिसहरुका तत्कालिन समस्याहरु पुर्ती त भएका छन् तर बिरोजगारी को दिर्गकालिन कुनैपनि फाईदा भने छैन । सरकारी स्तरबाट बैदेशिक रोजगारी घटाउने अपेक्षा गरिएतापनि अपेक्षा अनुरुप हुन भने सकेको छैन । देशको महड्डी र दक्षता अनुसारको काम नपाउनु नै यसको कारक हो । कसलाई पो परदेशिने मन हुन्छ र सबै परदेशिको मनमा स्वदेशमै आफ्नो परिवारमा रमाउने रहर हुन्छ यो त एउटा बाध्यता नै हो ।
खाडी मुलुकहरुमा दिनको ५० डिग्री तापक्रममा अर्काको हेपाई सहेर दिनहरु बिताउनु हाम्रो बाध्यता बनेको छ । यता परदेशमा युवाहरु दिनरात नभनी अर्काको गालि सहेर आफ्नो सानो झुपडीलाई सझाउने सपना बोकेका हुन्छन् भने अर्कोतिर बढ्दो डिजिटल टेक्नेलोजी को बिकाशको कारण आफ्नो परिवार गाउँ समाजको सुचना पाईरहेका छन् देशका हरेक गरितबिधिमा नजर राखिरहेका हुन्छन् तर यसको गलत नकरात्मक प्रयोग गर्नाले श्रीमान÷श्रीमति संगको बिछोड र धेरै मात्रामा सामाजिक अपराध पनि भएका छन् । ५० डिग्री तापक्रममा मेहनतले कमाएको पैसा उदाउने र पर-पुरुषसंग लागेर आफ्नो श्रीमानलाई धोका दिने महिलाको संख्या उलेख्य छ ।
आफ्नो परिवारलाई पालन पोषण गर्ने अभिप्रायले बिदेशिनु बाध्यता हो । रोजगारीको शिलशिलामा जो जहाँ गएपनि आफ्नो मातृभूमि प्रतिको माया हरेक देशभक्त नेपालीलाई हुन्छ । आफ्नो गाउँ, बेशी र आफ्नै झुपडीको माया हुन्छ । कपितय नागरिकहरु महामारीको समयमा बैदेशिक रोजगारी पनि बन्द हुदा महिना दिन लगाएर भएपनि आफ्नै माटो र भुपडीमा मर्न पाउँला भनि पैदल यात्रा गरेर भएपनि गाउँ फर्केको हामीले देख्यै भने कतिपय ले हिड्दा हिड्दै पनि आफ्नो भौतिक शशिरलाई छोड्नु पर्यो ।
गाउँमा युवा श्रमशक्तिको कमि कै कारण अन्यायको बिरुद्धमा आवाज उठाउने काम हुन नसक्दा, विभिन्न परियोजना तथा कार्यहरुमा सिमीत व्याक्तिहरुको प्रवेश पाएका छन् । साथै उनिहरुले सबै कामहरु सेटिड्डमा चलाईरहेका छन् । नेपाल सरकारले निति नियम तथा प्रविधि ल्याएको त छ तरपनि त्यसको पारदर्शि तरिकाले समय अनुकुल अनुगमनको कमजोरीले गाउँको बिकाश भएको छैन ।
बि.सं. २०६८ सालको अभिलेख अनुसार झण्डै ४० प्रतिशत युवाहरु अर्थिक, सामाजिक, संस्कृतिक, कानुनी, नैतिक र राजनितिक पक्षमा विकास गर्ने र भएका समस्याहरुलाई हटाई देशकामा सुसाशन स्थिरता कायम गर्न युवा वर्गको अहम भूमिका हुन्छ । शिक्षित यूवा वर्गलाई उनिहरुको कार्यदक्षताको आधारमा रोजगारी उपलब्ध गराउनु बाँकी युवाहरुलाई सिपमुलक कार्यक्रम तालिम दिएर उनिहरुको कला कौशललाई बृद्धी गरि रोजगारी मुलक गराई राष्ट्र निर्माणमा प्रयोग गर्न सक्छौं । हाम्रो देशमा भएका प्राकृतिक श्रोत र साधनलाई प्रयोग गरी त्यसलाई विकाश निर्माण को साथै त्यसलाई निर्यात गर्न सक्छौं । उदाहरणको लागि भन्नु पर्दा हाम्रो देश ७५ प्रतिशत पहाडी क्षेत्र भएको ले यहाँ बाटो घाटो जस्ता निर्माणका कार्य गर्दा निकालिएका ढुड्डा बाट सिमेन्ट, गिट्टी, बालुवा साथै माटोबाट गेरु तथा पुट्टी जस्ता उधोगहरु संञ्चालन गर्न सकिन्छ । यस्तो प्रकार ले बिकाश निर्माणका योजनाहरु पारदर्शि ढंगले समय समय मा अनुगमन गरी निति निर्माण गर्ने हो भने देशको बिकाशको साथ साथ रोजगारी र देशको आर्थिक क्रान्ति गर्न सकिन्छ ।
त्यस्तै हिमाली क्षेत्र बिकासको लागि तराई क्षेत्रबाट सुरंग मार्गको निर्माण गरि हिमाली भागमा सुविधा पुर्याउन सकेमा त्यस क्षेत्रमा मानिसहरु मनोरन्जन तथा गर्मीबाट चिसो हावा खान पर्यटकहरु भित्राउन सकिन्छ । त्यस ठाउँमा सुविधा पुगिसकेपछि बाकि बिकास त लगानिकर्ताहरुले गरिहाल्छन् । ३ देखि ४ दिनमा पुग्ने ठाउँमा सुरंग मार्ग भयो भने केही घण्टामै त्यहाँ पुगी मानिसहरु प्रकृतिको आनन्द उठाउन सक्छन् । हाम्रो देशमा २ छिमेकी राष्ट्र जहाँ ठूलो बजारीकरण छ नजिक भएको यस बजारमा हामी बिभिन्न उत्पादनहरुलाई सजिलै बिक्री गर्न सक्छौं । जहाँबाट अत्याधिक मात्रामा पर्यटकहरुलाई भित्राएर उक्त क्षेत्रको बिकास गर्न सकिन्छ । हिमालमा भएको जलश्रोत लाई व्याबस्थापन गर्ने हो भने उक्त पानिलाई पिउने पानिको रुपमा कई पानिको समस्या भएको देशलाई बेच्न सक्छै त्यसै गरि हिमाली भागमा पाईने यर्सागुम्बा जस्ता जरिबुटी लाई ब्याबसायिक किसीमले उत्पादन गर्न सकेमा हिमाली भाग बाट पनि आर्थिक क्रान्ति सम्भव छ ।

देशको राजनीति अबस्ता फितले हुदाँ देशमा भ्रष्ट्रचारी, माफिया दलालहरु मैलाएका छन् । जसले गर्दा देशमा कुल बिकाश बजेट निकासी मध्ये २५ प्रतिशत काम पनि हुदैन । बर्षेनी राष्ट्रिय रोजगार कार्यक्रमबाट आउने करोडौ रकम बिकाश तथा रोजगारका कार्यक्रम कागजमा मात्रै देखाएर खर्च गरेको जनगुनासो रहेको छ । बास्तबिक बिरोजगारी जनताले रोजगारी पाएका छैनन् । हो सरकारले राम्रो योजना तजुर्मा गरेको हो तर त्यसको बिरोजगारी ले रोजगार पाएर बिकाश निर्माण तथा उत्पादनमा ध्यान दिनुको साटो कसरी खपत गर्ने तर्फ मात्रै सम्बन्धित व्यक्तिहरुको ध्यान छ । विभिन्न योजनाहरुमा हुनुपर्ने चरण चरण को अनुगमनको कमिले गर्दा यसको परदर्शिता हुन सकेको छैन । अनि देश ले कहिले काचुली फेर्ने ? देशको बिकास र राष्ट्रिय आयोजनाहरुमा अलिकति पनि पहुँच नहुदा ति सिधा साधा जनताहरु बाध्यताबस् फेरी झोला बोकेर परदेशीको शरणमा काम गर्न जान बाध्यता छ ।
देशको बलियो नीति तथा कानुन र त्यसको लागु नहुदा त्यस्ता दलाली र अपराधिहरु खुलेआम सेटिड्ड गरिरहेका हुन्छन् । कतिपय कार्यालय तथा व्याबसायिकसंग संस्थाहरुमा पनि त्यस्ता व्याक्तिहरुको प्रवेश छ । न त ति व्यक्ति योग्य छन् न त आफ्नो समाजको बिकाश चाहान्छन् । यसरी अयोग्य व्यक्तिको प्रवेश हुनुमा पनि सायद युवा श्रमशक्तिको बढ्दो बैदेशिक रोजगारीमा जाने बाध्यताले हो । यदि साचैं भन्नुपर्दा आज हाम्रो देशमा ठूला ठूला परियोजना पुरा गर्नको लागि जनशक्तिको कमी हुन लागेको छ । बलियो र दक्ष जनशक्ति बिदेशमा प्रयोग भैरहेका छन् । अनुमानित तथ्याड्ड हेर्दा ५ प्रतिशत गाउँमा, १५ प्रतिशत सरकारी क्षेत्र तथा २० प्रतिशत युवा अन्य पेशामा रोजगारी गरिरहेका छन् भने बाँकी युवाहरु बैदेशिक रोजगारीमा जान बाध्य छन् । किनभने देशमा आफ्नो कार्यदक्षता अनुसार रोजगारी नपाउनु तथा रोजगारीको ग्यारेन्टी नहुनुले गर्दा नै हो ।
गाउँमा युवा श्रमशक्तिको कमि कै कारण अन्यायको बिरुद्धमा आवाज उठाउने काम हुन नसक्दा, विभिन्न परियोजना तथा कार्यहरुमा सिमीत व्याक्तिहरुको प्रवेश पाएका छन् । साथै उनिहरुले सबै कामहरु सेटिड्डमा चलाईरहेका छन् । नेपाल सरकारले निति नियम तथा प्रविधि ल्याएको त छ तरपनि त्यसको पारदर्शि तरिकाले समय अनुकुल अनुगमनको कमजोरीले गाउँको बिकाश भएको छैन । यो लेख्दै गर्दा मैले पढ्दा खेरिको एउटा कुरा याद आयो “सोझा ग्रहलाई पुजिदैन जगतभर” उदाहरणको लागि गाउँघरमा कसैले भन्छन् ग्रह बिग्रे ग्रह भने पण्डित लाई बोलाएर पुजा पाठ लगाएर शान्ति गर्ने चलन छ । जुन ग्रह सिधा छन् उनिहरुलाई पुजा नै गरिदैन । भन्नाले आजभोलि भन्नुपर्दा जसको सेटिड्ड र पहुँच छ उनिहरुले हरेक ठाउको सुविधा र फाईदा लिईरहेका छन् । अनि केहि पहुँच र सेटिड्ड नभएका गरिब जनताले के गर्ने अनि देश र जनताको बिकाश कसरी सम्भव छ । गाउँमा भएका केहि जनप्रतिनिधिहरु आफ्नो राजनिती भविश्य र स्वार्थमा लिप्त रहेर पारदर्शी ढंगले कुनै कार्य गर्न सकेका छैनन् । एउटा सामन्य उदाहरण दिनुपर्दा मित्रराष्ट्रहरु ले कोभिड १९ रोकथामको लागि उपलब्ध गराएको भ्याक्सिनमा पनि सरकारले बनाएको निति नियम र मापदण्ड अनुसार नभएर अनियमिकता भएको छ । आफ्नो सेटिड्ड र पहुँच भएका व्याक्तिहरुले मापदण्ड देखि बाहिर भएकाले भ्याक्सिन पाउनु र बृद्ध गरिब मापदण्डमा रहेकाले खोप नपाउनु दुखद कुरा हो । सरकारले खोप निति नियम राम्रो बनाएको छ तापनि केहि सम्बन्धित निकायहरुले त्यसको व्याबस्थापन र अनुगमन नहुदा साधारण बृद्ध गरिब जनताको लागि भ्याक्सिन लगाउनु पनि एउटा चुनैति भएको छ । सेटिड्ड मिलाएकाहरु सरकारले तोकेका मापदण्ड बाहिरका व्याक्तिले खोप पाउनु तर मापदण्ड मै भएका सर्वसाधारण जनताले अझै पनि खोप पएका छैनन् । सम्बन्धित निकायले व्याबस्थापन राम्रो नहुदा खोप लगाउनु को साटो कोभिड फैलने डर देखियो त्यसैले सम्बन्धित निकाय को समयमै ध्यानआर्कषण गर्न चाहन्छु ।
आज हाम्रो देशमा ठूला ठूला विकासका कार्य गर्नको लागि पर्याप्त दक्ष जनशक्तिको खाँचो छ । भनिन्छ “जनशक्ति नै बिकास हो” कुनैपनि देशको बिकास र समद्धिको लागि दक्ष जनशक्तिको खाँचो पर्दछ । म जनप्रतिनिधि भएर गएका माननियहरुलाई बिनर्म अनुरोध गर्न चाहन्छु कि तपाईहरु आफ्नो व्याक्तिगत स्वार्थ र कसैको धम्कि वा डरबाट माथि उठेर काम गर्ने हिम्मत लिनुभयो भने हाम्रो कुनैपनि युवा बैदेशिक रोजगारिमा जानु पदैन देश समृद्ध बन्छ तब मात्र ”हामी नेपाली सुखि नेपाली“ को सपना साकार हुन्छ ।
लेखक : घनश्याम पराजुली, रे.न.पा. २, तम्घास, गुल्मी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology