Logo

२०८३, कार्तिक २५गते


images
images

नारी नेतृत्व

जीवनसंग लड्दै समाजका लागि बाँचेकी माया

जीवनसंग लड्दै समाजका लागि बाँचेकी माया

images
  • जीवनसंग लड्दै समाजका लागि बाँचेकी माया
    images

    जसको बाल्यकाल अभाव र सक्रिय जीवन समाजसेवामा बित्यो । जसले सामुदायिक वनलाई आफ्ना छोराछोरी समान माया गर्छिन्  । दुर्घटनामा परेर आफु अशक्त हुँदासमेत वन, प्रकृति र पर्यावरणलाई निरन्तर प्रेम गर्दै बाँचेकी उनी हुन् - देवदहकी माया गलामी ।   

    images
    images
    images

    वि. सं २०२९ साल पुस ४ गते बुवा भक्तबहादुर र आमा जलरुपा पुनको कोखबाट मायाको जन्म भयो । परिवारको पहिलो सन्तानको रुपमा वाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकामा माया जन्मिएकी हुन् । जान्ने बुझ्ने भएदेखि नै दुःखसंग लडिरहेकि मायाले उनको बाल्यकाल कस्तो थियो भन्नेबारे वर्णन नै गर्न सक्दिनन् । माया मुनि ४ जना बहिनी र २ जना भाईहरु छन् । निम्न परिवारमा जन्मिएकी उनले आफ्ना भाई बहिनीलाई सम्हाल्दै घरमा आमा र बुवालाई सघाउनु पर्दथ्यो । घर माटोले लिपेको थियो भने छानो खरको थियो, त्यो पनि चुहिने । आकाशबाट पानी पर्नासाथ उनको परिवारलाई घरको कुन कुनामा पानी चुहिंदैन भनेर खोज्नु पर्दथ्यो । प्रायजसो उनीहरु खाना पकाउने अगेनो छेउमा सुत्दथे । दुइछाक टार्न समेत धौधौ पर्ने मायाको परिवारमा आम्दानीको श्रोत उनको बुवाले ज्यामी काम गरेर कमाउने झिनो रकम थियो । बुवाको कमाईबाट हातमुख जोर्ने जोहो हुने भएपनि माया र उनको परिवारका अन्य आवश्यकता भने सँधै अधुरा रहे । 

    images
    images
    images

    बाल्यकालमा कुनै दिन पनि मायाले साथी संग खेलेर रमाउने अवसर पाइनन् । उनी आमा र बुवा संगै काम गर्न जान्थिन् ।  छाक टार्नका लागि जंगलमा गएर तरुल, गिठा, निउरो ल्याएर पकाएर खाएको सम्झँदा अहिलेपनि मायाको आखा रसाउँछन् । अरुको खेतिपाती गर्दा समेत मन लागेको खाना कुनै दिन खान पाएन उनको परिवारले । उनले जीवनमा एउटा मान्छेले भोग्ने सबै अभाव र पिडा बाल्यकालमै भोगेकी छन् । 

    images
    images

    १५ बर्षको उमेर हुदाँसम्म मायाले किताब कस्तो थियो हेर्ने मौका नै पाईनन् । आर्थिक अवस्था कमजोर भएका कारणले बुवा आमाले विद्यालय पठाउनु भएन । "मैले पढ्न पाइन" विगत सम्झदै उनी भन्छिन् । १५ वर्षको उमेरमा मायाले प्रौढ शिक्षा पढ्ने अवसर प्राप्त गरिन् । जसले उनलाई क, ख चिन्न सजिलो भयो । 'लुथु्रन प्रोजेक्ट'ले गाउँमा प्रौढ शिक्षाको योजना लिएर आएपछि त्यसमा उनी सहभागि भएकी थिइन्  । बिजुली नभएको उनको गाउँमा रातको समयमा लाल्टिन बालेर प्रौढ शिक्षा पढेको उनलाई आजपनि सम्झना छ ।  जब माया प्रौढ शिक्षा पढ्न जान्थिन, त्यो समयमा उनका साथीहरु कक्षा ९, १० मा पढिरहेका हुन्थे । 

    पढाईलाई उमेरले छेक्दैन भने झैँ जब मायाले प्रौढ शिक्षा पुरा गरिन्, त्यसपछि उनी कक्षा ३ मा भर्ना भईन् । ३ बाट ४ कक्षामा जाँदा उनले तृतीय स्थान समेत हासिल गरेकी थिइन् । उनी लगातार कक्षा ७ सम्म पढिन् । कक्षा ७ मा अनुत्तिर्ण भएपछि मायाको पढ्ने रहर मरेर गयो ।  "शिक्षकहरुले बारम्बार आग्रह गर्नु हुन्थ्यो, तर पनि पढ्ने मन जागेन" उनी भन्छिन् ।  

    २०५४ साल असोज १७ गते मायाको भलुही निवासी सुर्य गलामीसंग मागि विवाह भयो । पहिलो श्रीमतीको निधन भएपछि सुर्यले मायालाई विवाह गरेका थिए । उनलाई विवाह भएर आउँदासम्म त्यो कुराको पत्तो थिएन । घरमा आउँदा ३ जना बच्चाहरु देखेपछि मात्र उनलाई थाहा भयो सुर्यसंग आफ्नो विवाह दोश्रो थियो भन्ने कुरा । दोश्रो आमाको रुपमा विवाह भएर आएपनि मायाले आफ्ना र पहिला पट्टीका छोराछोरीलाई कुनै भेदभाव गरिनन् । उनले आफ्नो तर्फका १ छोरा सहित पहिलेका १ र २ छोरीलाई बराबर माया र शिक्षा दिएर हुर्काइन्  । विवाहपछि भने मायालाई आर्थिक समस्याले पिरोल्न छाड्यो । घरमा खेतीबारी थियो, काम ग¥यो भने राम्रोसंग खान लगाउन दुःख पर्दैनथ्यो । 

    सामुदायिक वनमार्फत समाजसेवामा मायाको प्रवेश

    घरको काममा श्रीमानले सघाउने भएपछि माया विस्तारै सामाजिक काममा सक्रिय हुन थालिन् । २०५९ सालताका रुपन्देही जिल्लामा सामुदायिक वन हस्तान्तरण गर्ने लहर चलेकाले संयोगवस मायालाई त्यसको नेतृत्व गर्ने अवसर मिल्यो । पहिलो पटक सामाजिक कामको जिम्मा लिनेगरि उनि सामुदायिक वनको नेतृत्वमा पुगिन् । जनप्रिय सामुदायिक वन भलुहीको संस्थापक अध्यक्ष उनले २०५९ सालमा जिल्ला वनको स्वामित्वमा रहेको वनलाई समुदायको स्वामित्वमा ल्याउन सफल भईन् । अध्यक्षको जिम्मेवारी लिएर अगाडि बढ्ने क्रममा सुरुसुरुमा  उनलाई निकै गाह्रो समेत भयो । उक्त समयमा गाउँका केही ठूला भनिने मानिसहरुले यस्तो महिलाले के गर्न सक्ला र ? 'मुडाको अगाडि झिँजाले' के गर्ने भनेर गिज्याउने गर्दथे । त्यस्ता अनेकौं अवरोधको सामना गर्दै उनले सामुदायिक वनको नेतृत्व गरिरहिन । यसरी उनको नेतृत्वमा गाउँका मानिसहरुले जनप्रिय सामुदायिक वन नाम राखेर वनको संरक्षण र रेखदेख गर्न थाले ।  “गाउँभेलाबाट अध्यक्षको जिम्मेवारी लिएर घरमा जादा श्रीमानले यस्तो दुःख नगर, रजिष्टर फर्काईदेउ भन्नु भएको थियो तर मैले समाजका लागि केही गर्नुपर्छ, म पछि हट्नु हुदैन भनेर अगाडि बढेपछि विस्तारै श्रीमानको साथ र सहयोग राम्रो पाएँ” मायाले भनिन् ।

    कैयौं संघसंस्थाको नेतृत्व गरेकी उनको जीवनमा २०६८ साल मंसिर २५ गते बज्रपात आइलाग्यो । रिडीमा भएको जिप दुर्घटनामा परि उनी घाईते भईन् । उक्त दुर्घटनापछि  अहिले उनका दुवै खुट्टा चल्दैनन् भने हातले पनि काम गर्दैनन्  । औंलाहरुले अलि अलि काम गर्छ जस्को मद्दतले उनले मोबाईल हेर्न र केही कुरा टाइप गर्न भने सक्छिन् । मायालाई खानेकुरा अरुले नै खुवाईदिनु पर्छ । ह्विल चियरमा अरुले नै राख्दिनु पर्छ ।

    भलुहीमा रहेको जनप्रिय सामुदायिक वनलाई स्थपनादेखि दर्ता प्रक्रिया र अहिलेको अवस्थासम्म पु¥याउन मायाको ठूलो योगदान छ । जिल्ला वनमा दर्ता गर्ने समयमा बेला बेलामा जिल्लासम्म पुग्नका लागि उनीसंग पैसा समेत हुदैंनथ्यो । गाडीभाडा र अन्य कागजात खरिदका लागि गाउँलेहरुले उनलाई प्रतिघर १० रुपैंयाका दरले उठाएर दिएका थिए । सोहि पैसाले उनले सामुदायिक वन दर्ता लगायतका कार्य गरिन्  । वनलाई आर्थिक श्रोतसंग जोड्नका लागि जंगलमा थाक्कल लिन आउनेबाट प्रतिब्यक्ति १ रुपैया लिने प्रचलनको समेत मायाले सुरुवात गरिन् । वन संरक्षणका लागि दक्षिणी क्षेत्रबाट दाउरा लिन आउने सबैलाई प्रवेशमा रोक लगाउने कार्य समेत सोही बेलाबाट सुरुभयो । विस्तारै खोला क्षेत्रबाट तारबार गरि वनको थप संरक्षण गर्ने काम भयो । 

    महिलाहरुलाई उद्यमसंग जोड्ने उद्देश्यले मायाले बाख्रापालनका लागि प्रति परिवार ५ देखि २० हजार रुपैंया दिएर सामुदायिक क्षेत्रमा जागरण ल्याउने प्रयास समेत गरिन् । उनको नेतृत्वमा स्थापित सामुदायिक वनले समुदायमा लगानी गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै स्थानीय जनप्रिय माध्यमिक विद्यालयको भवन निर्माणका लागि ५० हजार रुपैंया अनुदान सहयोग गर्यो । साथै २ कोठे भवन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेको समेत मायाले बताइन् ।

    मायाले सामुदायिक वन संगसंगै आफ्नो समाजसेवाको दायरलाई फराकिलो बनाउँदै लगिन् । उनी भलुही खानेपानीको उपाध्यक्ष समेत भएर काम गरिन् । शंकरनगर खानेपानी सब डिभिजन कार्यालयसंगको सहकार्यमा उनले भलुहीमा खानेपानीको  टंकी निर्माण गरिन् । मायाले जनप्रिय माध्यमिक विद्यालयकको व्यवस्थापन समिति सदस्य भएर गरिन्  । माया नेपाल मगर संघ देवदह नगर उपाध्यक्ष बनिन् । उनीसंग गाउँघरे क्लिनीकको सदस्य भएर समेत केही समय काम  गरेको अनुभव छ ।  

    आज माया अफ्ठ्यारो अवस्थामा छन्, तर उनले समाजमा पुर्याएको योगदान स्मरणयोग्य छ । आज माया कमजोर छन्, तर उनकै नेतृत्वमा स्थापित संस्था बलिया छन् । हजारौं नागरिक ति संस्थामा जोडिएका छन् ।  आजपनि मायाले वनलाई आफ्नो सन्तानलाई जस्तै माया गर्छिन्, सामुदायिक वनको सफलताले मायाको आत्मबललाई बलियो बनाउने गर्छ ।

    यसरी कैयौं संघसंस्थाको नेतृत्व गरेकी उनको जीवनमा २०६८ साल मंसिर २५ गते बज्रपात आइलाग्यो । रिडीमा भएको जिप दुर्घटनामा परि उनी घाईते भईन् । उक्त दुर्घटनापछि  अहिले उनका दुवै खुट्टा चल्दैनन् भने हातले पनि काम गर्दैनन्  । औंलाहरुले अलि अलि काम गर्छ जस्को सहाराले उनले मोबाईल हेर्न र केही कुरा टाइप गर्न भने सक्छिन् । मायालाई खानेकुरा अरुले नै खुवाईदिनु पर्छ । ह्विल चियरमा अरुले नै राख्दिनुपर्छ । पिडासंगै लडिरहेकी मायाको जीवनमा अर्को पिडा थपियो । २०७५ साल पुस १२ गते श्रीमानको निधन भयो । श्रीमानको निधन भएको १ बर्षमा नै एउटा छोराले समेत संसार छाडे । यसरी उनको जीवनमा पटक पटक दुःख माथि झन् दुःख थपियो ।

    आफुले दुःख कष्ट गरेर खाई नखाई छोराछोरीलाई शिक्षा दिक्षामा कमि नगराएकी मायालाई अहिले उनको स्याहार गर्ने कोही छैन । छोरीहरुको विवाह भएपछि उनीहरुले आफ्नै घर सम्हाल्नु परेको भन्दै उनी भन्छिन् “छोरीहरुले राम्रै गर्छन्, माया गर्छन्, औषधी उपचार गर्न पनि लैजान्छन् तर जेठो छोरा सम्पर्कमा नआउँदा मन खिन्न हुन्छ ।" हाल मायालाई उनकी कान्छि बहिनीले रेखदेख गरिरहेकी छन् ।

    अहिले माया अफ्ठ्यारो अवस्थामा छन्, तर उनले समाजमा पुर्याएको योगदान स्मरणयोग्य छ । आज माया कमजोर छन्, तर उनकै नेतृत्वमा स्थापित संस्था बलिया छन् । हजारौं नागरिक ति संस्थामा जोडिएका छन् ।  आजपनि मायाले वनलाई आफ्नो सन्तानलाई जस्तै माया गर्छिन्, सामुदायिक वनको सफलताले मायाको आत्मबललाई बलियो बनाउनेगर्छ । मायाको नेतृत्वकला र क्षमताबाट समाजले पाठ सिक्न जरुरी छ ।  संघर्षर्शील मायालाई स्वास्थ्य लाभको कामना ।

    नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।