Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा सहिद, वेपत्ता तथा घाइतेका परिवारको क्षमता विकास तालिम सुरू

बुटवलमा सहिद, वेपत्ता तथा घाइतेका परिवारको क्षमता विकास तालिम सुरू

images
  • सेतोमसी सहकर्मी
  • बुटवलमा सहिद, वेपत्ता तथा घाइतेका परिवारको क्षमता विकास तालिम सुरू
    images
    images

    बुटवल । सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारलाई क्षमता विकास तालिम बिहीबारदेखि बुटवलमा सुरु भएको छ । प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा  लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष वामदेव क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । 

    images
    images
    images

    प्रमुख अतिथि क्षेत्रीले बोल्दै  शान्ति प्रक्रिया, सत्य निरुपण, मेलमिलाप र बेपत्ता आयोगका कतिपय मुद्दाहरु राज्य पक्षले अझै पनि टुङ्याउन नसकेको बताए । उनले राज्य पक्षबाट र विद्रोही पक्षबाट भएका घटनाहरुलाई सहकार्य गर्न आग्रह गरे । उनले जनयुद्ध तत्कालीन अवस्थामा राज्य पक्षसंग गणतन्त्र ल्याउनका लागि भएको बताउँदै टिआरसी टुङ्गिएन भने देश कम्बोडिया हुने बताए । 

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सदस्य दीपा विश्वकर्माले  बोल्दै सहिद परिवारका सदस्यहरुलाई तालिमपश्चात प्राप्त गरेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न आग्रह गरिन्  । नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीले जनयुद्धमा अपाङ्ग तथा घाईतेहरुको बलिदानीबाट  परिवर्तन आएको बताउँदै  तालिम लिन आउने सबै सहभागीहरुलाई जनयुद्धको विचार, संकल्प र लक्ष्यलाई पछ्याउँदै अगाडि बढ्न सुझाव दिए । 

    images
    images
    images

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीका स्वकीय सचिव तथा युवा समाजसेवी सुजित विकले  बोल्दै पछिल्लो समय कानूनलाई दुरुपयोग गर्ने वातावरण बढेकोले  सुक्ष्म तरिकाले पाठ्यक्रममा  नै कानूलाई समावेश गरियो भने समस्या तथा अपराधको सजाय कम भई राज्यका कैयौ दुर्घटनाहरु नहुने बताए । 

    सहिद परिवार रुपन्देहीका अध्यक्ष शिवप्रसाद घिमिरे, द्वन्द्व पीडित समाज लुम्बिनी प्रदेशका अध्यक्ष जानकी घिमिरेलगायतले मन्तव्य राखेका थिए । राज्य पक्ष र विद्रोही पक्षबाट थुप्रै व्यक्तिहरुले आफ्नो ज्यानको आहुती दिएकाले  राज्यसत्ताको स्वरुप परिवर्तन गर्दै अहिले राजसंस्थालाई हटाएर गणतन्त्रको जनताका छोराछोरीले शासन गरी नयाँ संविधान निर्माण हुँदै कानूनहरु बनेको बताउँदै सहिद परिवारका सदस्यहरु तथा घाइते अपाङ्गका परिवारलाई  समाजमा सबैको आपसमा हेलमेल होस् र द्वन्द्वका घाउहरुलाई विसर्न  र आपसमा सहयोगको भावना विकास होस् भन्ने हेतुले  यस्ता कार्यक्रम गरिएको अध्यक्ष हरि प्रसाद घिमिरेले बताए । 

    संस्थाका उपाध्यक्ष मनोज कुमार रानाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव दामोदर घिमिरेले गरेका थिए । 

    तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहिद, वेपत्ता तथा घाइतेका परिवारको क्षमता विकास तालिममा ६० जना सदस्यहरुको सहभागिता रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।