विराटनगर । इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेबाट सुरु हुने भएको छ । अहिले बिहान बसेको सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणना फाकफोकथुम गाँउपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ ।
बैठकमा सहभागिका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना हुने छ । फाकफोकथुमनपछि चुलाचुली,माङ्सेवुङ्, माई, दउमाइ र अन्तिममा इलाम नगरपालिकाको मत गन्ने सहमति भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology