Logo

२०८३, आश्विन ९गते


images
images

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु
    images
    images

    ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागी निभाउने क्रममा दुई जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा शङ्कर पहरी र रमेश पहरी थिए । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शङ्कर प्रहरीको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

    images
    images
    images

    यता ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ। ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाई छ। यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डढेलो
  • # ललितपुर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।