Logo

२०८३, श्रावण ३०गते


images
images

गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन : घनश्याम भुसाल

गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन : घनश्याम भुसाल

images
  • सेतोमसी सहकर्मी
  • गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन : घनश्याम भुसाल
    images
    images

    लुम्बिनी । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले गाडी र साडि मात्रै वेचेर मुलुक नबन्ने बताएका छन् । माेर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङ भालुवाङमा आयोजना गरेकाे जनसंगठनकाे विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले उत्पादन नगरी अर्काकाे देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दावी गरेका हुन् ।

    images
    images
    images

    उनले राष्ट्रिय पुँजीकाे विकास गरेर समाजवादमा नजादा सम्म मुलुक अगाडि बढन नसक्ने बताए । 'अहिले हाम्राे देशमा  उत्पादनमा आधारित उद्याेग नै स्थापना गर्ने सकेनाैं, त्यसैले युवा पलायन भईरहेका छन' महासचिव भुसालले भने - 'अब नेपाल राष्ट्रिय पुजीकाेविकास गरेर समाजवादमा जाने नीति लिएका छाैं ।' उनले राेजगारी सृजाना गर्दै मुलुकमा १० बर्षभित्र राष्ट्रिय पुजीकाे विकास गर्नुपर्ने बताए । नेपालमा कम्यूनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेकाे तर अहिले  दलाल पूजीबाद रहेकाले त्यससंग जुध्न राष्ट्रिय पुजीकाे विकास गर्नुपर्ने बताए । महासचिव भुसालले नेकपा एकीकृत समाजवादीकाे महाधिवेशले अहिलेकाे विद्यमान समस्याबाट निकास निकाल्ने गरि नीति बनाउने समेत बताए । उनले अहिले देशमा उद्याेग धन्दा धारासायी भएकाे र निजि क्षेत्र उत्साही हुन नसकेकाे बताउँदै यसकाे कारण दलहरूमा वैचारिक अस्पष्टता रहेकाे बताए ।  

    images
    images
    images

    उनले अब उद्यमेगधन्दालाई प्राेत्साहन गर्दै त्यस्ता उद्याेगलाई विद्युत, कर लगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए । 
     
     ०६२/६३ सालकाे जनक्रानितलेलसमान्तवाद समाप्त पारेकाे बताउदै अबकाे बाटाे राष्ट्रिय पुजीकाे विकास गरी राेजगारी सृजना गर्नमा केन्द्रीत हुनुपर्ने उनले जाेड दिए । नेपालका कम्यूनिष्ट पार्टीहरू वैचारिक रूपमा अलमलमा रहेकाले आफुहरूकाे महाधिवेशनकाे दस्तावेजले हलचल ल्याउने बताए । उनले आफुहरूकाे विद्राेह संसद विघटनसंग मात्रै नजाेडिएकाे बताउदै केपि ओलीसंग वैचारिक र सैद्वान्तिक मतभेद पहिल्यैदेखि रहेकाे बताए ।

    images
    images
    images

    उनले आफुहरूकाे महाधिवेशन समयमै हुने समेत बताए । महाधिवेशनकाे दस्तावेजले कम्यूनिष्ट पार्टीहरूमा हलचल ल्याउने समेत बताए । उनले अहिले बनेकाे गठबन्धनमा अस्तित्व सहित आफुहरू सहभागी भएकाे बताए  । जनता र राष्ट्रका मुद्वामा संगैसगै हुने भएकाले सरकारका गएकाे समेत उनले बताए । उनले काँग्रेससँगकाे गठबन्धनमा बस्दा पुच्छर बनेकाे भन्नेहरूले फेरि एमालेसंग मिल्दैछन भनेर हल्ला फैलाएकाे बताए । उनले अहिले कुनै पनि दलसंग एकता नहुने बताए । 

    प्रशिण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्च हरी पराजुलीले जनताका आधारभूत बिषयमा कार्यकर्ता केन्द्रित हुन आग्रह गरे । उनले समाजमा किसान, मजदुर, दलित, महिला तथा उत्पिडित समुदायका मुद्वामा उठाउन समेत उनले आग्रह गरे । यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष साेमप्रसाद पाण्डेयले कम्यूनिष्ट आन्दाेलनमा देखिएकाे निराशशालाई अब आफुहरूले आशामा परिणत गर्ने बताए । उनले २०७५ सालसम्म कम्यूनिष्ट बहुमत रहेकाेमा एमालेका कारण त्याे घटेकाे समेत बताए । उनले महाधिवेशनले स्पष्ट नीति र बाटाे तय गर्ने भएकाले भ्रममा नपरी संगठन निर्माणमा जुटन नेतम कार्यकर्तालाई आग्रह गरे । 

    कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश बृहस्पति अधिकारी,सचिव अशाेक काेईराला,माेर्चा संगठन लुम्बिनीका ईन्चार्ज अब्दुल हुसेन खाँ, पार्टि  रूपन्देहीका अध्यक्ष श्रीराम यादव, अखिल नेपाल महिला संघ समाजवादी लुम्बिनि  अध्यक्ष लक्ष्मी भुसाल लगायतले बाेलेका थिए । 

    उक्त अवसरमा लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि भगवती अधिकारीलाई मन्त्री भएकोमा सम्मान गरिएकाे थियाे । 
    बैठकमा नेकपा एसका विभिन्न जनवर्गिय संगठनका प्रदेश अध्यक्ष एव प्रतिनिधिहरूले रिपोर्ट प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।