Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वशान्तिको कामना गर्दै रसियन बौद्ध समूदायद्वारा लुम्बिनीमा पाठ

विश्वशान्तिको कामना गर्दै रसियन बौद्ध समूदायद्वारा लुम्बिनीमा पाठ

images
  • सेतोमसी सहकर्मी
  • विश्वशान्तिको कामना गर्दै रसियन बौद्ध समूदायद्वारा लुम्बिनीमा पाठ
    images
    images

    लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बंगैचामा मंगलबार विश्वशान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैंचा परिसरमा निर्माण गरिएको चैत्य प्राणप्रतिष्ठान तथा महायानी बौद्ध परम्पराअनुसार प्राणीजगतको कल्याणको कामना सहित पाठ गरिएको हो ।

    images
    images
    images

    रुस–यूक्रेन युद्धबाट शान्ति खोज्दै बुद्धजन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभ सहितका समुदायले बगैचा तयार पारेका हुन् । रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभ लगायतका बौद्ध समुदायले लुम्बिनी प्लाजामा बगैचा निर्माण लगायत संरचनाका लागि सहयोग गरेका छन् ।

    images
    images
    images

    मंगलबार रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष  गेसे योङतेन सहित नेपालका लामा गुरुहरुको उपस्थितीमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राण प्रतिष्ठान पाठ र विश्व शान्तिको कामना गरिएको थियो ।

    images
    images
    images

    उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य,  कोषका बोर्ड सदस्य राजेश शाक्य पूजा तथा पाठमा सरिक भए । लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउनका लागि रसियन बौद्ध सम्प्रदायको सहयोग विश्वशान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्धजन्मस्थलमा आएर बौद्ध सम्प्रदायको आस्थामा एउटा भएपनि इट्टा थप्न पाएकोमा खुशि व्यक्त गरे । पछिल्लो समय रुस–यूक्रेन युद्ध चर्किदा बौद्ध सम्प्रदायले बुद्धजन्मस्थल लुम्बिनी शान्तिको खोजी गर्दै आउनेक्रम बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।