Logo

२०८३, कार्तिक २५गते


images
images

नारी नेतृत्व

सकुन्तला : प्रजातान्त्रिक परिवारकी आमा, हजारौं विद्यार्थीकी गुरुमा

सकुन्तला : प्रजातान्त्रिक परिवारकी आमा, हजारौं विद्यार्थीकी गुरुमा

images
  • सकुन्तला : प्रजातान्त्रिक परिवारकी आमा, हजारौं विद्यार्थीकी गुरुमा
    images

    ११ वर्षको कलिलो उमेरमै आमाको निधनपछि तीन बहिनीलाई दिदिसंगै आमाको माया दिएर हुर्काउने अभिभावक । जीवनसाथीलाई हर दु:ख र अफ्ठ्यारोमा साथ दिने असल जीवनसाथी । तीन सन्तानकी आमा । अनि झन्डै ३० दशक अध्यापन गरेकी हजारौं विद्यार्थीकी गुरूआमा । उनी हुन् - देवदहकी सकुन्तला खनाल ।    

    images
    images
    images

    वि. सं. २००५ साल साउन २५ गते बुवा बालकृष्ण र आमा सुशिला पाठकको कोखबाट सकुन्तलाको जन्म भयो । भारतको बनारसमा जन्मेकी सकुन्तलाको बुवाले सामान्य व्यापार गर्ने र उनीहरुको घर पनि बनारसमा नै भएकाले उनको बाल्यकाल त्यहि बित्यो । परिवारका ४ सन्तान मध्ये जेठी छोरीको रुपमा जन्मिएकी सकुन्ताको बाल्यकाल जिम्मेवारीले भरिपूर्ण थियो । मध्यम वर्गमा जन्मिएकी उनलाई भौतिक सुविधाको अभाव नभएपनि आफु ११ बर्ष हुँदा नै आमाको निधन भएकाले बहिनीहरुलाई दिदी र आमाको माया ममता दिनु प¥यो । सकुन्तला आफैलाई आमाको माया, ममता र साथ आवश्यक परेका बेला उनी बहिनीहरुको आमा समान बन्नु प¥यो । घरको काम, आफ्नो पढाई र बहिनीहरु प्रतिको जिम्मेवारीले गर्दा सकुन्तलाको बाल्यकाल संघर्षमय नै बन्यो । जसका कारण उनि बालापनबाट टाढै भईन् । आमाको काखमा हुर्किने रहर त कसलाई पो हुदैन र तर यो सबै कुराबाट आफु टाढा रहँदाको क्षण सम्झदै उनी भन्छिन्, ‘आमा विनाको घर के घर ! बाल्यकालका सबै पाईलाहरु आमा बिना रोकिदा रहेछन् । आमा विना कुनै पनि सपना साकार गर्न गारो पर्दोरहेछ । बुवाको भएको कपडा पसल पनि आमा विरामी पर्दा रेखदेख गर्ने मानिस नभएका कारण बेच्नु प¥यो । भएको पैसा जति सबै आमाको औषधि उपचारमा खर्च भएपनि आमालाई बचाउन नसक्नु निकै पिडादायी भएको उनी बताउछिन् ।

    images
    images
    images

    सानै उमेर देखिनै पढाईमा मेहनती र जेहन्दार रहेकी सकुन्तलाले आफ्नो खर्च जुटाउनका लागि हाई स्कूलको पढाई सकेपछि ट्युसन पढाउदै पढ्न लागिन् । ट्युसन पढाउँदा उनले मासिक ५० रुपैया जुटाउँथिन् । बोर्ड अफ हाई स्कूल एण्ड इण्टरमिडिएट एजुकेशन उत्तर प्रदेशबाट हाई स्कूलको पढाई सकेपछि उनले बहिनी हुर्काउनका लागि ३ बर्ष पढाई रोकेर उनिहरुको लालन पोषणमा लागिन । सकुन्तलाले ३ बर्ष पछि बसन्त महिला महाविद्यालय राजघाट फोर्ट बनारसबाट आईए सम्मको पढाई पूरा गरिन् । त्यो भन्दा माथि पढ्ने ईच्छा हुँदाहुँदै पनि  परिवारको आर्थिक स्थिती कमजोर भएका कारण उनले पढाईलाई त्यहिँ बिट मार्नुप¥यो । 

    images
    images

    २०२१ साल तिर ईण्डियाको बनारसमा उनको भेट विश्वराज खनालसँग हुन पुग्यो । खनाल पाल्पा जेलबाट २०१८ सालमा जेल ब्रेक गरेर आफु लगायत ३ सय कैदि बन्दि सहित फरार भएर भारतको बनारस पुगेका थिए । पञ्चायतद्धारा सर्बस्व हरणमा परि भारतमा निर्वासीत जीवन विताईरहेका विश्वराजसंग सामिप्यता बढ्दै गएपछि परिवार संगको सहमतीमा २०२१ साल बैशाखमा उनिहरुको मागि विवाह भयो । विश्वराजको बारेमा सबै कुरा जान्दा जान्दै पनि विचारमा एकरुपता भएपछि आफुले विवाहको निर्णय गरेको सकुन्तला बताउँछिन् । उनि भन्छिन्, "यो सबै समय र भगवानको खेल रहेछ ।" असल श्रीमान् परेमा धनसम्पत्ति केही होइन भन्ने कुरालाई राम्रोसंग बुझेकी सकुन्तलालाई श्रीमानको विगतले केहि असर गरेन ।  शिक्षित भएकै कारणले श्रीमानसंग मन मिलेको र विवाह बन्धनमा बाधिँएको उनी बताउँछिन् । "दुवै शिक्षित थियौं, हामीले सुखद भविष्यको कल्पना त्यतिबेलै गरेका थियौं । संघर्ष गरेपछि सफलता भेटिन्छ भन्ने दुवैलाई विश्वास थियो, त्यसैले जिन्दगी नयाँ सिराबाट अगाढि बढाउने निर्णयमा पुग्यौं ।" उनी भन्छिन् । 
      
    विवाह पश्चात सकुन्तला र उनका श्रीमान् २ बर्षसम्म भारतको गोरखपुरमा बसोबास गरे । शिक्षण पेशालाई निकै माया गर्ने सकुन्तलाले श्रीमानले आई. ए पढ्ने समय सम्म गोरखपुर बस्दा समेत ६ महिना त्यहिँको बिद्यालयमा पढाएर आफु र श्रीमानको खर्च चलाईन् । सादा जिवन र उच्च विचारका धनी दुवैले त्यतिबेला सकुन्तलाले पढाएर कमाउने मासिक ३ सय रुपैंयाले खर्च चलाउँथे । समय वित्दै जाँदा सकुन्तला र उनका श्रीमानलाई नेपाल फर्कने माहोल बन्यो । राजनितिक रुपमा निर्वासित जीवन विताएका उनका श्रीमानलाई नेपाल गएर राजनितिक गतिबीधि नगर्ने गरि नेपाल फर्कने वातावरण मिल्यो । 

    २०२८ सालमा पहिलो सन्तानको रुपमा जन्मिएकि छोरी ९ महिना पुगेपछि छोरी काखी च्यापेर खनाल दम्पती नेपाल फर्किए । नेपाल आएर उनको परिवार बुटवलमा बसोबास गर्न थाल्यो । केही राजनैतिक साथीहरुको भनसुनमा सकुन्तलाले मासिक १ सय २५ रुपैयामा तलब पाउने गरि उजीर सिंह माविमा पढाउन थालिन् । त्यसैगरि  उनका श्रीमानले बुटवल माविमा पढाउन थाले ।

    t.jpg

    करिव ६ महिना त्यहाँ पढाएपछि शिक्षक पेशाबाटै अगाडि बढ्ने सोच लिएका खनाल दम्पतीले २०२९ सालको शिक्षा सेवा आयोगको परिक्षामा नाम निकाल्न सफल भए । आयोग पास भएपछि उनिहरुलाई भवानी मावि (हालको महामाया भवानी मावि) देवदहमा अध्यापनको लागि रमाना दिईयो । दरबन्दी प्राप्त गरि अध्यापन सुरु गर्दा सकुन्तलाको मासिक तलव ३ सय २५ रुपैँया थियो । नियुक्ति पाएसंगै देवदह आउँदा हालको भवानी मावि देवदह बजारदेखि उत्तर खैरेनिमा रहेको र सो ठाउँमा आफ्नो बास नभएकाले सुरुका ३ रात टंकीमा कटाएको तितो अनुभव उनिसंग छ । 

    भवानी माविमा अध्यापनको क्रममा खैरेनी, गुरुङ्गटोला, डमरुवा हुँदै उनको परिवारको वासस्थान परिवर्तन हुँदै गयो । सकुन्तलाको अध्यापन प्रतिको मोह भने परिवर्तन भएन । न त उनको अध्ययन गर्ने चाहमा कुनै कमि आयो । उनी नेपालमा आएर बसोबास गर्न थालेपनि घरमै स्वअध्ययन गरेर बनारसको सम्पूर्णानन्द सँस्कृत विश्वविद्यालयबाट सँस्कृत विषयमा शास्त्री गरिन् ।

    २०३२ सालमा देवदहको बंगाली भन्ने स्थानमा स्थायी बसोबास गर्न थालेका खनाल दम्पतीले आफुहरुले शिक्षण पेशाबाट कमाएको पैसाबाट त्यो बेलामा ४ कठ्ठा जग्गा खरिद गरे । तत्कालिन अवस्थामा ५ हजार रुपैंयामा उक्त जग्गा खरिद गरेको बताउने सकुन्तलाले त्यो बेलामा शिक्षकलाई निकै माया र सम्मान हुने गरेको बताउँछिन् । उनि भन्छिन्, "त्यो सम्मान नै शिक्षकको पहिलो सम्पत्ति हुने गर्दथ्यो ।" सकुन्तलाले २०३१ मा जेठो छोरा र २०३४ सालमा कान्छो छोरालाई जन्म दिईन । घरमा बच्चा हेरिदिने कोहि नहुने भएकाले पिठ्युमा बच्चा बोकेर सकुन्तला कैंयौ पटक बिद्यालय पुग्ने गर्थिन् । बर्षातको समयमा छोराछोरीलाई हातमा र काखमा राखेर खोला तार्दै निथ्रुक्क भिजेर बिद्यालय पुगि पढाएको अहिले पनि उनलाई ताजै छ । कैयौं पटक उनलाई खोला तर्दा भिजेका आफ्ना कपडा कतिबेला सुक्थे थाहै हुँदैनथ्यो । 

    राजनीति नगर्ने सर्तमा नेपाल आएपनि सकुन्तलाका श्रीमान् विश्वराजको उठबस भने राजनीतिकर्मीहरुसंग निरन्तर हुने गथ्र्यो । राजतन्त्रको विरोध र प्रजातन्त्रको पक्षमा खरो उत्रने विश्वराजको नेपाली कांग्रेसका उच्च तहका नेताहरूसम्म पनि चिनजान थियो । उनि भन्छिन् "विश्वराज जिलाई भेट्न काशिनाथ गौतम, टंकनाथ काफ्ले, मोहनसिंह थापा, ढुण्डिराज शास्त्री लगायतका नेताहरु अधिकांश समय हाम्रो घरमा आउनुहुन्थ्यो । रातभर जसो उहाँहरु बसेर राजनीतिक योजना बनाउनुहुन्थ्यो । राजनीतिमा खासै चासो नराखे पनि उहाँहरुका कुरा सुन्दा केहि कुरा सिक्ने अवसर मिल्थ्यो ।" पञ्चायतकालमा उनको घर नेताहरूको सेल्टर हुन्थ्यो ।

    राजनीति नगर्ने सर्तमा नेपाल आएपनि सकुल्तलाका श्रीमान् विश्वराजको उठबस भने राजनीतिकर्मीहरुसंग निरन्तर हुने गथ्र्यो । राजतन्त्रको विरोध र प्रजातन्त्रको पक्षमा खरो उत्रने विश्वराजको नेपाली कांग्रेसका उच्च तहका नेताहरूसम्म पनि चिनजान थियो । उनि भन्छिन् "विश्वराज जिलाई भेट्न काशिनाथ गौतम, टंकनाथ काफ्ले, मोहनसिंह थापा, ढुण्डिराज शास्त्री लगायतका नेताहरु अधिकांश समय हाम्रो घरमा आउनुहुन्थ्यो । रातभर जसो उहाँहरु बसेर राजनीतिक योजना बनाउनुहुन्थ्यो । राजनीतिमा खासै चासो नराखे पनि उहाँहरुका कुरा सुन्दा केहि कुरा सिक्ने अवसर मिल्थ्यो ।" पञ्चायतकालमा उनको घर नेताहरूको सेल्टर हुन्थ्यो । नेताहरू राती भेट्न आउने र बिहान फर्कने गर्दथे । नेताहरुको आदर सत्कार र सम्मानले गर्दा सकुन्तलालाई बिद्यालयमा पढाउने सामग्रि तैयार पार्न समेत कहिले काँही समस्या पर्थ्यो । 

    आम माफिको लागि निवेदन दिएर नेपाल फर्केका उनका श्रीमानले २०३५ सालमा मात्रै राज्यबाट आम माफी पाएका थिए । केहिबर्षपछि २०५२ सालमा सुरू भएको माओवादी जनयुद्धमा पनि नेता आएर उनको घरमा बस्न खोज्दा निकै डराई डराई बास दिने गरेको उनी बताउँछिन् । 'बास नदिए माओवादीले केही गर्छन् कि भन्ने डर, बास दिए  तत्कालीन शाही सेनाले मार्छन् कि भन्ने त्रास ।' अहिले देशमा केहि डर त्रास नभएकाले सबै जना शिक्षकले आफ्नो शिक्षा प्रति बफादार भएमा नेपालको शैक्षिक भविष्य उज्ववल रेहेको सकुन्तलाको तर्क छ । 

    सकुन्तलाका सर्टिफिकेट उनका हात खुटा चाउरी परे जस्तै पुराना भैसकेका छन् । तर त्यस भित्रको तागत भने जस्ताको त्यस्तै छ । अंग्रेजी र संस्कृत भाषा आफैमा फरक भएपनि उनी प्रस्ट रुपमा अंग्रेजी र सँस्कृत भाषा बोल्न सक्छिन् । बिद्यालय पढाउन छाडेको २६ बर्ष भएपनि  उनले पढाउँदा खेरी जस्तो बोलीको लवज अझै पनि सकुन्तलाको मुखबाट निस्कन्छ । विश्व एउटै देश जस्तो बनिसकेको हालको परिप्रेक्षमा अंग्रेजि भाषा महत्वपूर्ण भएपनि केहि बर्ष यता बिद्यालयबाट सँस्कृत शिक्षा पठन पाठन गराउन छाडिएको प्रति उनको गुनासो छ ।

    जीवनको उत्तरार्धमा छोरा बुहारी र नाति नातिनासँग खुसी साथ बसिरहेकि सकुन्तलालाई अहिले पनि शिक्षा क्षेत्र बिग्रने हो कि भन्ने कुराले पिरोल्ने गर्छ । अझै बढि सामुदायिक विद्यालयको स्तर खस्कीने हो कि भन्ने उनमा चिन्ता रहनेगर्छ । उनी भन्छिन्, "राज्यबाट सेवा सुविधा लिने हरेक कर्मचारीले आफ्ना वालवालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्छ । सामुदायिक विद्यालयमा शिक्षा क्षेत्रले फड्को मार्न वालवालिका, शिक्षक, अभिभावक र सामाजिक व्यक्तित्व सबैले जिम्मेवारी बहन गर्नुपर्दछ ।" विद्यालयमा राजनैतिक गन्ध कहिल्यै आउन दिनु हुँदैन । शिक्षक भर्ति गर्दादेखि लिएर सञ्चालक समिति बनाउदासम्म विद्यालयमा हुने राजनीति उनलाई पटक्कै मन परेको छैन । सकुन्तला मेडमलाई शैक्षिक संस्थाहरु राजनीतिबाट मुक्त भएको हेर्ने ठुलो रहर छ । 

    सकुन्तला मेडमले पढाएका केही विद्यार्थी अहिले सांसद समेत भैसकेका छन् । उनका धेरै शैक्षिक उत्पादनले हाल देवदहका अधिकांश विद्यालयको नेतृत्व गरिरहेका छन् । कहिलेकाँही विरामी भएर अस्पताल पुग्दा आफ्नै बिद्यार्थी डाक्टरको रुपमा फेला पर्छन् । आफुले पढाएका विद्यार्थी विभिन्न फाँटमा पुगेको देख्दा उनलाई निकै खुसी लाग्छ । आफ्नो जीवनको उर्जाशिल समय शिक्षण पेशासंगै रमाएकी सकुन्तले २०५६ सालमा उक्त पेशाबाट औपचारीक रुपमा अवकास प्राप्त गरिन् । कलकलाउँदो उमेरबाट शैक्षिक यात्रामा होमिएको उनको मन अहिले हात खुटा चाहुरी पर्दासम्म पनि जोँस अनि जाँगरले भरिपूर्ण छ । अहिले उनकी छोरी विद्या पौडेल शिक्षण पेशामा नै आवद्ध छन् भने २ छोरा विनोद र प्रमोद व्यापारीक पेशामा आवद्ध छन् । उनीसँग अहिले सबैकुरा छ, मात्र छैनन् उनलाई हरेक सुःख दुःख अनि संगै जिउने-मर्ने कसम खाएका उनी अनि यस क्षेत्रका धेरै बिद्यार्थीहरुका प्रिय विश्वराज सर !

    जीवनको उत्तरार्धमा छोरा बुहारी र नाति नातिनासँग खुसी साथ बसिरहेकि सकुन्तलालाई अहिले पनि शिक्षा क्षेत्र बिग्रने हो कि भन्ने कुराले पिरोल्ने गर्छ । अझै बढि सामुदायिक विद्यालयको स्तर खस्कीने हो कि भन्ने उनमा चिन्ता रहनेगर्छ । उनी भन्छिन्, "राज्यबाट सेवा सुविधा लिने हरेक कर्मचारीले आफ्ना वालवालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्छ । सामुदायिक विद्यालयमा शिक्षा क्षेत्रले फड्को मार्न वालवालिका, शिक्षक, अभिभावक र सामाजिक व्यक्तित्व सबैले जिम्मेवारी बहन गर्नुपर्दछ ।" विद्यालयमा राजनैतिक गन्ध कहिल्यै आउन दिनु हुँदैन । शिक्षक भर्ति गर्दादेखि लिएर सञ्चालक समिति बनाउदासम्म विद्यालयमा हुने राजनीति उनलाई पटक्कै मन परेको छैन । सकुन्तला मेडमलाई शैक्षिक संस्थाहरु राजनीतिबाट मुक्त भएको हेर्ने ठुलो रहर छ । 

    उनको जस्तै रहर यस क्षेत्रका सम्पूर्ण शिक्षाप्रेमीहरुमा जागोस र राजनीतिले शिक्षालाई गिजोल्न नसकोस् । अवकाश प्राप्त सकुन्तला मेडमको बाँकी जीवन सुखमय वितोस् । शुभकामना ।

    नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।