काठमाडौं । भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो।भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु भएको छ।
मुम्बईमा वर्षा र आँधीले रुखहरू ढलेसँगै होर्डिङ खसेको थियो। होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापिएका छन्। घटनास्थलमा उद्धारका कामहरू भइरहेका छन्। होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भइरहेको छ।