बुटवल । एमाले लुम्बिनीको संसदीय दलको बैठक सुरु भएको छ । विपक्षी गठाबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको र सो को लागि आज प्रदेश सभामा विशेष अधिवेशन बस्दै गरेको अवस्थामा जारी बैठकले विशेष अधिवेशनको सामना गर्न रणनीति तय गर्ने एक सांसदले बताए ।
बैठक मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको बैठकमा अविश्वासको मतको सामना कसरी गर्ने भन्ने विषयमा मात्रै छलफल हुने बुझिएको छ । सरकारबाट राजीनामा दिने वा अन्य कुनै रणनीति अपनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने बताईएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन आज दिउसो बस्दै छ ।
विपक्षी गठनबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गत साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुका साथै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाँक्न समावेदन दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology