Logo

२०८३, आश्विन १२गते


images
images

चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव

चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव

images
  • सेतोमसी सहकर्मी
  • चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
    images
    images

    धुलिखेल।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ भीमसेनस्थान मार्गमा तीन दिनदेखि रैथाने खाना महोत्सव सञ्चालन भइरहेको छ ।

    images
    images
    images

    बनेपामा वैशाख पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्दै आएको चण्डेश्वरी जात्रालाई लक्षित गरी काभ्रे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा आयोजित महोत्वस सञ्चालित छ ।

    images
    images
    images

    बनेपा नगरपालिका–५ का स्थानीय सञ्जिता ढकालले जात्रासँगै रैथाने खाना महोत्सवले नयाँ आकर्षण थपेको महसुस भएको बताइन् । वितगमा जात्रा मात्रै हुने गरेकामा यसपटक भएको खाना महोत्सवले मन परेको खानेकुरा रोजेर खान पाउने र जात्राको अवलोकन पनि गर्न पाउने भएकाले थप आकर्षक बनेको उनको भनाइ छ ।

    images
    images
    images

    खाना महोत्वसमा योमरीको स्टल राखेकी सुमित्रा गौतमले महोत्सवमा आउनेको बढी रुचिको स्टल योमरी भएको बताइन् । योमरीको एउटा मात्रै स्टल भएकाले पनि पहिलो दिनदेखि नै बढी मात्रमा बिक्री भएको उनको भनाइ छ ।

    रैथाने खाना महोत्सव आयोजक समितिका प्रतिनिधि एवं होटल व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष कृष्ण श्रेष्ठले गाउँ–गाउँबाट ल्याएको कोदो र फापरको पीठोबाट बनाएको रोटी, योमरी र कोदो, फापर र मकैको पीठो महोत्सवको स्टलमध्येकै आकर्षक बनेको बताए ।

    जात्राका अवसरमा आयोजना गरेको महोत्सव पहिलोपटक भए पनि यसबाट जात्रामा आउने भक्तजनलाई बनेपाको रैथाने तथा परम्परादेखि प्रयोग गर्दै आएको खानाको स्वाद लिन पाउने व्यवस्था गरेको काम अधिकांशले रुचाएको बताए ।

    २५ वटा स्टलमध्ये योमरी, कोदो र फापरको पीठोबाट बनेका रोटी बारा, समयबजीलगायतका विभिन्न परिकारको स्टल राखेको उनले बताए ।

    करिब २५ सय वर्षअघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्राका अवसरमा बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडाको बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ ।

    भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।

    सदियौँदेखि आफ्नै मौलिक परम्परागत सांस्कृतिक तथा धार्मिक पर्वका रुपमा यस जात्रालाई यहाँका बासिन्दाले हर्षोल्लासका साथ मनाउँदै आएका छन् । जात्रा र महोत्सव आज समापन हुँदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रैथाने खाना महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।