Logo

२०८३, श्रावण ३०गते


images
images

महत्वपूर्ण ८ निर्णय गर्दै 'सोनाम' नेतृत्वको लुम्बिनी प्रदेश सरकारको पहिलो बैठक सम्पन्न 

महत्वपूर्ण ८ निर्णय गर्दै 'सोनाम' नेतृत्वको लुम्बिनी प्रदेश सरकारको पहिलो बैठक सम्पन्न 

images
  • महत्वपूर्ण ८ निर्णय गर्दै 'सोनाम' नेतृत्वको लुम्बिनी प्रदेश सरकारको पहिलो बैठक सम्पन्न 
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशको नवगठित सरकारको पहिलो क्याविनेट बैठक सम्पन्न भएको छ ।  कुलप्रसाद केसी 'सोनाम' नेतृत्वको  पहिलो प्रदेश सरकार बैठकले कोभिड -१९ र दीर्घरोग आदीको उपचारमा नागरिकलाई सहुलियत दिने लगायतको निर्णय गरेको छ । 

    images
    images
    images

    बैठकले प्रदेश नं ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली, २०६५ स्वीकृत गर्ने निर्णय गरेको छ । साथै, कोभिड -१९ का विरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारीसाधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने समेत निर्णय भएको छ । 

    images
    images
    images

    त्यसैगरी, कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर मार्फत एण्टीजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड - १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ । 

    images
    images
    images

    साथै, क्यान्सर, किड्नी परिवर्तन, र मुटुको भल्व फेर्नु पर्ने विरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फवाट थप २ लाखका दरले उपलब्ध गराउने भएको छ । मातृमृत्यूदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ । 

    प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री श्री कृष्णध्वज खड्‌कालाई तोकेको छ भने मुख्यमन्त्रीको प्रमुख राजनैतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गरिएको छ । 

    हेर्नुहोस, प्रदेश सरकारले गरेका ८ निर्णय 


    १ प्रदेश नं प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली, २०६५ स्वीकृत गर्ने निर्णय | 

    २. कोभिड -१९ का विरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारीसाधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने 

    ३. कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य  शिविर मार्फत एण्टीजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने 

    ४. कोभिड- १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने। 

    ५. प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री श्री कृष्णध्वज खड्‌कालाई तोक्ने 

    ६.  मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गर्ने 

    ७. क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्नु पर्ने विरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फवाट थप २ लाखका दरले उपलब्ध गराउने । 

    ८. मातृमृत्यूदर कमगर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।